Redirecting...

स्कटल्यान्डसँग पराजित हुँदै नेपाल विश्वकप छनोटबाट बाहिरियो - www.pardafas.com

स्कटल्यान्डसँग पराजित हुँदै नेपाल विश्वकप छनोटबाट बाहिरियो - www.pardafas.com
Source: pfds

नेपाल घरेलु मैदानमा जारी आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको समूह चरणबाटै बाहिरिएको छ । टीयू क्रिकेट मैदानमा आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल स्कटल्याण्डसँग पराजित भएसँगै समूह चरणबाट बाहिरिएको छ । नेपालका लागि बिन्दु रावलले १४ रन जोडिन्। रोमा थापा १४ रनमा नटआउट रहिन्। नेपालका अरु ब्याटरले उल्लेख्य रन बनाउन सकेनन्। बलिङमा स्कटल्यान्डका अब्ताहा मक्सुदले ३ विकेट लिइन्। सुपर-६ मा पुग्न जित्नै पर्ने नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको स्कटल्यान्ड २० ओभरमा १४० रनमा अलआउट भयो। स्कटल्यान्डका लागि प्रियानाज चटर्जीले नटआउट ४५ रन बनाइन्। उनले २८ बलमा ७ चौका प्रहार गरिन्। अलिसा लिस्टरले २२ रन बनाइन भने विकेटकिपर साराह बाइसले १८ रन बनाए। बलिङमा नेपालकी मनिषा उपाध्यायले ४ विकेट लिइन् भने रुबिना क्षेत्रीको नाममा ३ विकेट रह्यो। समूह चरणमा नेपालले एक खेलमा मात्रै जित निकाल्न सक्यो । नेपालमा रहेको समूहबाट नेदरल्याण्ड्स, स्कटल्याण्ड र थाइल्याण्ड सुपर सिक्समा प्रवेश गरेका छन् । नेपाल र जिम्बाब्बे चौथो र पाँचौं नम्बरमा रहँदै प्रतियोगिताबाट बाहिरिएका हुन् ।