कांग्रेस बदल्न जसले खेमा बदले - ekantipur.com
Source: kant
कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँगको ५२ वर्षको सहयात्रा तोडेर झापाका ७२ वर्षीय सुधीर शिवाकोटी विशेष महाधिवेशनबाट पार्टीको केन्द्रीय सदस्य भएका छन् । उनी सिटौलाका राजनीतिक आरोह–अवरोहका साक्षी मात्रै थिएनन्, केन्द्रमा सिटौलालाई प्रभावशाली बनाउन भुइँ तहमा धेरै चुनौतीहरूको सामना गर्ने गर्थे ।