Redirecting...

एनपीएलका तीन उत्कृष्ट खेलाडीले पाए बजाज पल्सर एन १६० मोटरसाइकल - www.meroauto.com

एनपीएलका तीन उत्कृष्ट खेलाडीले पाए बजाज पल्सर एन १६० मोटरसाइकल - www.meroauto.com
Source: meau

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका तीन उत्कृष्ट खेलाडीलाई गोल्छा ग्रुपले पल्सर मोटरसाइकल प्रदान गरेको छ । ‘टु ह्विलर पार्टनर’ रहेको गोल्छा ग्रुपअन्तर्गतको हंसराज हुलासचन्द एण्ड कम्पनीले शनिबार एनपीएल दोस्रो संस्करणका तीन उत्कृष्ट खेलाडी रोहितकुमार पौडेल, सन्दीप लामिछाने र शेर मल्ललाई पल्सर मोटरसाइकल एन १६० पुरस्कार स्वरुप प्रदान गरेको हो । एनपीएल दोस्रो संस्करणको उपाधि जितेको लुम्बिनी लायन्सका कप्तान तथा सबैभन्दा बढी रन बनाएका रोहितकुमार पौडेलले पल्सर मोटरसाइकल प्राप्त गरे । उनले यस सिजनमा २ सय ७६ रन जोडेका हुन् । विराटनर किंग्सका कप्तान तथा सबैभन्दा बढी विकेट लिएका सन्दीप लामिछानेलाई पनि पल्सर मोटरसाइकल प्रदान गरिएको हो । लामिछानेले १७ विकेट हात पारेका हुन् । यस सिजनकै इमर्जिङ प्लेयरको उपमा पाएका लुम्बिनीका शेर मल्ललाई पल्सर मोटरसाइकल एन १६० प्रदान गरिएको गोल्छा ग्रुपले जनाएको छ । यस टुर्नामेन्टमा सानदार बलिङ गरेका मल्लले १७ विकेट लिएका थिए । गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले भने, ‘हामीले खेललाई सधैं प्राथमिकतामा राख्दै आएको छाै‌, सम्झौताअनुसार उत्कृष्ट खेलाडीलाई पल्सर मोटरसाइकल दिन पाउनु खुसीको कुरा हो, ब्रान्डलाई खेलसँगै जोडेर अघि बढाउन हामी सधैं प्रतिबद्ध छौं।’ यसअघि कार्तिक १३ गते गोल्छा ग्रुप र नेपाल क्रिकेट संघ(क्यान)बीच एनपीएलका उत्कृष्ट तीन खेलाडीलाई मोटरसाइकल प्रदान गर्ने सम्झौता भएको थियो । कीर्तिपुर अन्तर्राष्ट्रिय रंगशालामा मंसिर १ गतेदेखि सुरू भएको एनपीएलको दोस्रो संस्करण मंसिर २७ गते शनिबार सम्पन्न भएको छ । The post एनपीएलका तीन उत्कृष्ट खेलाडीले पाए बजाज पल्सर एन १६० मोटरसाइकल appeared first on Meroauto.