Redirecting...

स्वास्थ्यमा व्यवसायिक प्रभाव: स्तनपान घट्दो कि घटाइँदो? - nepallive.com

स्वास्थ्यमा व्यवसायिक प्रभाव: स्तनपान घट्दो कि घटाइँदो? - nepallive.com
Source: nliv

विश्व स्वास्थ्य संगठनका अनुसार शिशु जन्मेको एक घन्टाभित्र स्तनपान सुरु गरी, छ महिना सम्म आमाको दूध मात्र र दुई वर्षसम्म स्तनपानलाई अन्य पूरक आहार संग निरन्तरता दिनुपर्छ । विभिन्न अध्ययनहरुले पनि स्तनपान शिशुको वृद्धि र विकास तथा आमाको स्वास्थ्यको लागि अत्यन्त लाभदायक भएको पुष्टि गरिसकेका छन् । हरेक वर्ष अगस्टको पहिलो हप्ता विश्वभर स्तनपान सप्ताह मनाइन्छ जसको उद्धेश्य शिशुहरुको लागि चाहिने पोषणको रुपमा स्तानपानलाई प्रवर्धन, संरक्षण, र समर्थन गर्नु हो । यस वर्षको नारा “प्रायोटाइज ब्रेस्टफेडिङ: क्रिकयट सस्टनेबल सपोर्ट सिस्टम” रहेको छ, जसले स्तानापानलाई प्राथमिकता दिँदै यसको दिगो समर्थन प्रणाली निर्माण गर्नुपर्ने सन्देश दिन्छ । जनस्वास्थ्यको क्षेत्रमा स्वास्थ्य प्रवर्द्धन सम्बन्धी सबैभन्दा पहिलो सम्मेलन सन् १९८६ मा ओट्टावा, क्यानाडामा भएको थियो, जसको पाँच कार्यक्षेत्र मध्ये एक थियो “क्रियट सपोर्टिभ इन्भाइरोमेन्ट। स्तनपानको विषयमा उक्त सम्मेलनको लगभग चार दशकपछि सपोर्ट सिस्टमको बारे कुरा भएको छ र अब गरिने नीति निर्माण देखि लिएर कार्यक्रम कार्यान्वयन, सबै समय सान्दर्भिक हुनु आवश्यक छ।