Redirecting...

सुदूरपश्चिमको समग्र भ्रमणलाई लिएर मुख्यमन्त्री शाह सक्रिय, कांग्रेसमा नयाँ ऊर्जाको संकेत - www.nepaliheadline.com

सुदूरपश्चिमको समग्र भ्रमणलाई लिएर मुख्यमन्त्री शाह सक्रिय, कांग्रेसमा नयाँ ऊर्जाको संकेत - www.nepaliheadline.com
Source: nplh

कैलाली- जेनजी आन्दोलनपछि कमजोर देखिएको नेपाली कांग्रेसभित्र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहको समग्र प्रदेश भ्रमणले नयाँ ऊर्जा भर्न थालेको देखिन्छ। विकासका कार्यक्रम, जनसम्पर्क विस्तार र संगठनसँगको प्रत्यक्ष संवादमार्फत शाहले कांग्रेस रणनैतिक रूपमा पुनः सक्रिय भइरहेको सन्देश दिएका छन्। कैलाली । जेनजी आन्दोलनपछि कमजोर देखिएको नेपाली कांग्रेसभित्र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहको समग्र प्रदेश भ्रमणले नयाँ ऊर्जा भर्न थालेको देखिन्छ। विकासका कार्यक्रम, जनसम्पर्क विस्तार र संगठनसँगको प्रत्यक्ष संवादमार्फत शाहले कांग्रेस रणनैतिक रूपमा पुनः सक्रिय भइरहेको सन्देश दिएका छन्। शाहको निरन्तर दौडधुपपछि सुदूरपश्चिमभर कांग्रेस कार्यकर्तामाझ उत्साह बढेको देखिन्छ। जेनजी आन्दोलनपछि केही कमजोर बनेको पार्टी पंक्ति पुनः सक्रिय बन्दै गएको टिप्पणी प्रदेश राजनैतिक विश्लेषकहरूको रहेको छ। उनको भ्रमणले प्रदेशका धेरै क्षेत्रका समस्या सुन्नु, तत्काल समाधानका लागि निर्देशन दिनु र दीर्घकालीन योजनाको खाका सार्वजनिक गर्नु मुख्य प्राथमिकता बनेको छ। विशेषतः सडक, पुल, खानेपानी, शिक्षा तथा स्वास्थ्य क्षेत्रका योजनामा मुख्यमन्त्री शाहले द्रुत गतिमा काम गर्ने प्रतिबद्धता जनाएका छन्। स्थानीय नागरिकहरूले मुख्यमन्त्रीलाई विकास निर्माणका समस्या, ढिलासुस्ती, बजेट अभाव तथा समन्वयको कमजोरीबारे प्रत्यक्ष जानकारी गराएका थिए। शाहले भने, “सुदूरपश्चिमको विकास रोकिँदैन, अब ढिलाइ होइन परिणाम देखिने समय हो । ” मुख्यमन्त्री शाहको सक्रिय अभियानलाई लिएर कांग्रेसभित्र नयाँ ऊर्जा, जनतामाझ विश्वास र संगठनभित्र अनुशासन तथा जिम्मेवारीको भावना बलियो बन्दै गएको छ। विश्लेषकहरूको भनाइमा, मुख्यमन्त्री शाहको प्रदेशव्यापी भ्रमणले न केवल विकासका कामलाई गति दिएको छ, यसले कांग्रेसलाई पनि पुनः उभ्याउने आधार तयार गरेको छ।