एमाले महाधिवेशन : मतगणनाको लागि निर्वाचन समितिको बैठक बस्दै - bishwokhabar.com
Source: bsbk
काठमाडौं– नेकपा एमालेको महाधिवेशनमा मतदान सम्पन्न भएसँगै विद्युतीय भोटिङ मेसिनबाट चिप निकाल्ने क्रम चलिरहेको छ । हालसम्म १७ वटाको चिप निकालिसकिएको प्राविधिक राम रिमालले जानकारी दिए । १७ वटाको चिप निकालियो । अबको १०–१५ मिनेटमा सबै चिप निकालिसक्छौं । उनले भने । चिप निकाल्ने काम सकिएपछि निर्वाचन समितिको बैठक बस्नेछ । तत्पश्चात् मतगणना सुरु हुने बताइएको छ ।