Redirecting...

बैतडीमा करेन्ट लागेर १३ वर्षीय बालकको मृत्यु - ehimalayatimes.com

बैतडीमा करेन्ट लागेर १३ वर्षीय बालकको मृत्यु - ehimalayatimes.com
Source: hmlt

बैतडी । बैतडीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको डिलासैनी गाउँपालिका-३ गिरीबगरका १३ वर्षीय किरण कोलिको मृत्यु भएको हो । शनिबार दिउँसो २ बजेतिर स्थानीय डिन्नीगाड खोलामा बालुवा संकलन गर्ने क्रममा बिजुलीको पोलमा छोइन गइ करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो । करेन्ट लागेका गम्भीर घाइते भएका कोलिलाई उपचारका लागि गोकुलेश्वर अस्पतालमा लगिएकोमा चिकित्सकले चेकजाँच गर्ने क्रममा मृत घोषणा गरेका थिए । मृतक कोलिको शव अहिले गोकुलेश्वर अस्पतालमा राखिएको प्रहरी निरीक्षक पाण्डेयले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।