Redirecting...

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो - janatatimes.com

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो - janatatimes.com
Source: jant

काठमाडौं, फागुन ३। बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का अध्यक्ष तारिक रहमानले १७ फेब्रुअरीमा देशको नयाँ प्रधानमन्त्रीका रूपमा शपथ लिने भएका छन्। उनको शपथग्रहण समारोहमा शेख हसिनालाई आश्रय दिइरहेको छिमेकी भारतसहित १३ देशलाई निम्ता गरिएको छ।उनको शपथ समारोह परम्परागत रूपमा राष्ट्रपति भवनमा नभई ढाकास्थित राष्ट्रिय संसद् भवन परिसरको साउथ प्लाजामा आयोजना गरिने भएको छ। ढाकाले यस समारोहमा सहभागी हुन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसहित विभिन्न १३ देशका नेताहरूलाई निमन्त्रणा पठाएको छ। तर हालसम्म भारतले कुनै आधिकारिक जवाफ दिएको छैन भन्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन्। यसअघि नै दक्षिण एसियाली देशका प्रमुखहरूलाई आमन्त्रण गरिने संकेत बीएनपीले दिएको थियो। प्रधानमन्त्री नरेन्द्र मोदी फेब्रुअरी १७ मै मुम्बईमा फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंसँग द्विपक्षीय बैठकमा सहभागी हुने कार्यक्रम भएकाले उनी ढाका जाने सम्भावना नरहेको जनाइएको छ। यस्तो अवस्थामा भारतको प्रतिनिधित्व विदेशमन्त्री एस। जयशंकर वा उपराष्ट्रपति सी।पी। राधाकृष्णजस्ता नेताले गर्न सक्ने अनुमान गरिएको छ।मिडिया रिपोर्टअनुसार भारत बंगलादेशसँगको सम्बन्धलाई नयाँ ढंगले अघि बढाउन चाहन्छ, त्यसैले सपथ समारोह बहिष्कार गर्ने छैन। यद्यपि हतारमा कुनै सम्झौता गर्न इच्छुक नरहेको जनाइएको छ। यो सपथ समारोहमा पाकिस्तानका प्रधानमन्त्रीलाई पनि आमन्त्रण गरिएको छ। भारतीय सञ्चारमाध्यमले सतर्कतापूर्वक भारतले कूटनीतिक उपस्थिति जनाउने जनाएका छन्।बंगलादेशले अधिकांश सार्क सदस्य देशका नेताहरूलाई आमन्त्रण गर्ने निश्चित भएको थियो। बंगलादेशले निमन्त्रणा पठाएका १३ देशमा चीन, भारत, मलेसिया, साउदी अरेबिया, टर्की, पाकिस्तान, युएइ, कतार, ब्रुनाइ, श्रीलंका, नेपाल, माल्दिभ्स र भुटान रहेका छन्।आम निर्वाचनमा जित हासिल गरेपछि सञ्चारमाध्यमलाई प्रतिक्रिया दिंदै रहमानले सार्कलाई पुनः सक्रिय बनाउन आफूले पहल गर्ने बताए। साथै उनले देशमा कानून–व्यवस्था कुनै पनि हालतमा कायम रहने स्पष्ट पार्दै शान्ति र सुरक्षामा खलल पुर्‍याउने कुनै पनि गतिविधि सहन नहुने र कानून सबैका लागि समान रूपमा लागू हुने बताए।तारिक रहमानले देशवासीलाई एकताबद्ध रहन आग्रह गर्दै देशको हितका लागि सबै एकजुट हुनुपर्ने बताए।