Redirecting...

सुदूरपश्चिममा विकास विस्तार: मुख्यमन्त्री शाहले सडक र पुल योजनालाई दिए गति - www.nepaliheadline.com

सुदूरपश्चिममा विकास विस्तार: मुख्यमन्त्री शाहले सडक र पुल योजनालाई दिए गति - www.nepaliheadline.com
Source: nplh

कैलाली- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले पाँच सडक निर्माण र दुई पुल निर्माण परियोजनाको एकैदिन शुभारम्भ र शिलान्यास गरेका छन । लम्कीचुहा, मोहन्याल र टीकापुर क्षेत्रका सडकहरू कालोपत्रे तथा स्तरोन्नति हुनेछन् भने साघुरे खोला र वादेखोलामा दुईवटा पुल निर्माण हुनेछ। कार्यक्रममा मुख्यमन्त्री शाहले चुनावी वाचा अनुसार विकासलाई तीव्रता दिइएको बताउँदै सुदूरपश्चिमलाई अब ‘पछाडि परेको प्रदेश’ नभई ‘विकासतर्फ अगाडि बढेको प्रदेश’ बनाउने प्रतिबद्धता जनाए । स्थानीयवासीले बाजागाजा र फूलमालासहित स्वागत गर्दै वर्षौंदेखिको सडक–पुलको समस्या अब समाधान हुने आशा व्यक्त गरेका छन्। यि हुन मुख्यमन्त्री शाहले एकैदिन गरेका शुभारम्भ र सडक योजना : लम्की खानेपानी–राजकाँडा सडक कालोपत्रे* लागत अनुमान: रु. ६ करोड ६० लाख ९५ हजार ९१४.३०* सम्झौता रकम: रु. ४ करोड ५६ लाख ९३ हजार ४४०.६०* लम्बाइ: २.६ किमी* निर्माण कम्पनी: S.C./S.N.S./H.B. JV, सुर्खेत* सम्पन्न मिति: २०८३/९/२५लम्कीचुहा रिङरोड (अमोरा–थापापुर–चौरी–चाकाबाडी–सेती लोकमार्ग)* लागत अनुमान: रु. ५ करोड ७९ लाख ६४ हजार २१४.३२* सम्झौता रकम: रु. ४ करोड ३९ लाख ६४ हजार ५३०.४४* लम्बाइ: २.७ किमी* निर्माण कम्पनी: तुलसी/निराजन JV, टीकापुर* सम्पन्न मिति: २०८३/३/२५डुड्नेझारी–टीकापुर सडक स्तरोन्नति* लागत अनुमान: रु. ९ करोड ८ लाख १८ हजार ५०५.०३* सम्झौता रकम: रु. ६ करोड ९ लाख २० हजार ८७७.३५* लम्बाइ: ३.५ किमी* निर्माण कम्पनी: KNS/अघि/श्रीपुर JV, काठमाडौं* सम्पन्न मिति: २०८३/९/२४केशर मार्ग (महेन्द्र राजमार्ग–इन्टेक–कटासे–खैरिफाँटा–जगतपुर–टीकापुर)* लागत अनुमान: रु. ८ करोड २६ लाख ६२ हजार ३४.३२* सम्झौता रकम: रु. ५ करोड ६२ लाख ६६ हजार ४७८.७५* लम्बाइ: २.७ किमी* निर्माण कम्पनी: S.C./S.N.S./H.B. JV, सुर्खेत* सम्पन्न मिति: २०८३/९/२५चिसापानी–सोल्टा सडक स्तरोन्नति* लागत अनुमान: रु. ९ करोड ९९ लाख १२ हजार ३२३.५६* सम्झौता रकम: रु. ६ करोड ६ लाख ९९ हजार ८९५.४८* लम्बाइ: २.४ किमी* निर्माण कम्पनी: हिमसगरमाथा कन्स्ट्रक्सन, चितवन* सम्पन्न मिति: २०८३/५/१६ दुई पुल निर्माणको शिलान्यास1. साघुरे खोलाको सडक पुल* लागत अनुमान: रु. १५ करोड ६७ लाख १५ हजार ६६२.५८* सम्झौता रकम: रु. ११ करोड २१ लाख ६७ हजार ८६८.१३* लम्बाइ/स्पान: ५० मिटर, २ स्पान* निर्माण कम्पनी: हिमसगरमाथा कन्स्ट्रक्सन, चितवन* सम्पन्न मिति: २०८४/३/१६2. वादेखोला सडक पुल (डिजाइन तथा निर्माण)* लागत अनुमान: रु. १७ करोड ४६ लाख १४ हजार ४२४.०८* सम्झौता रकम: रु. १२ करोड ६० लाख ८० हजार ३१.२५* लम्बाइ/स्पान: १०० मिटर, २ स्पान* सम्पन्न मिति: २०८४/३/१६