बस्ती माथिबाट पहिरो खसेपछि भोजपुरको पाँचधारे बजार जोखिममा - ujyaaloonline.com
Source: unn
भोजपुर – टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कमा रहेको पाँचधारे बजार पहिरोको जोखिममा परेको छ । बस्तीमाथिको डाँडामा जमिन चर्किएर पहिरो जान थालेपछि बजार जोखिममा परेको हो । पाँचधारे बजारको माथिल्लो भागमा जमिन चिरा परेर पहिरो जान थालेपछि बजार जोखिममा रहेको टेम्केमैयुङ–९ लेखर्कका वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले जानकारी दिनुभयो । बजारमाथिको डाँडामा ढुङ्गा उत्खनन गरिँदा बस्तीलाई असर परेको उहाँको भनाइ छ । ठूलो पानी परे बजार क्षेत्रका आठवटा घर जोखिम पर्ने वडाध्यक्ष माङ्गपाहाङ्गले बताउनुभयो । विपद् तथा सम्भा...