Redirecting...

शेयर बजारमा दोहोरो अंकको गिरावट, ५ अर्ब ३३ करोडको कारोबार - arthasanjal.com

शेयर बजारमा दोहोरो अंकको गिरावट, ५ अर्ब ३३ करोडको कारोबार - arthasanjal.com
Source: sanj

काठमाडौं । आज साताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक २१.४८ अंकले घटेर २६०९.६९ विन्दुमा बन्द भएको हो। आज ३२५ कम्पनीको शेयर किनबेच हुँदा ५ अर्ब ३३ करोडको शेयर कारोबार भएको छ । आज ४६ कम्पनीको शेयर मूल्य बढेको छ भने २०४ कम्पनीको शेयर मूल्य घटेको छ । आज सबैभन्दा धेरै सागर डिस्टिलरीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४३ करोड ६९ लाख लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ३२ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बन्दीपुर केबलकारको १५ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै स्वस्तिक लघुवित्त, श्रीनगर एग्रीटेक र झापा इनर्जीका लगानीकर्ता कमाएका छन् । यि तिन कम्पनीका लगानीकर्ता १० प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै बंगुल हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले साढे ८ प्रतिशतका दरले गुमाएका हुन् ।