Redirecting...

मधेशका मुख्यमन्त्री यादवले दिए राजीनामा - www.palikalive.com

मधेशका मुख्यमन्त्री यादवले दिए राजीनामा - www.palikalive.com
Source: plkl

काठमाडौं– मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा दिएका छन् । प्रदेशसभामा विश्वासको मत माग्ने क्रममा सम्बोधन गर्दै मुख्यमन्त्री यादवले औपचारिक प्रक्रिया अघि नबढाई नै पदत्यागको घोषणा गरेका हुन् । विश्वासको मत लिनका लागि आज बिहान साढे ८ बजे नै प्रदेश सभा बैठक बोलाइएको थियो । यद्यपि मुख्यमन्त्री यादव आफैं उपस्थित नभएपछि बैठक स्थगित गरिएको थियो । दिउँसो बसेको प्रदेशसभा बैठकमा उनले राजीनामा घोषणा गरेका हुन् । मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्च अदालतले सोमबार साँझ परमादेश जारी गरेको थियो । The post मधेशका मुख्यमन्त्री यादवले दिए राजीनामा appeared first on Palika Live.