एमाले महाधिवेशन : मतदान जारी, शीर्ष नेता र कार्यकर्ताबीच भलाकुसारी - bishwokhabar.com
Source: bsbk
काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व छनोटका लागि मतदान भइरहेको छ । काठमाडौंको भृकुटीमण्डपमा एमाले नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिनमा मतदान भइरहेको हो । एमालेको १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटीका लागि ६४२ उम्मेदवार प्रतिस्पर्धामा छन् भने २२६३ प्रतिनिधि रहेका छन् । निर्वाचन आयोगका अनुसार हालसम्म ४०० मत खसेको छ। एमालेको अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा भइरहेको छ। महासचिवमा शंकर पोखरेल र सुरेन्द्र पाण्डेबीच प्रतिष्पर्धा छ। एमालेको ११ औं महाधिवेशनमा १२ जना निर्विरोध निर्वाचित भएका छ्न्। नयाँ नेतृत्व छनोटका लागि मतदान जारी रहँदा उम्मेदवारका समर्थकहरुले प्रचारप्रसार गरिरहेका छन् । शीर्ष नेताहरु कार्यकर्तासँग मत माग्नुका साथै भलाकुसारी गरिरहेका छन्।