ओलीले विद्या भण्डारीलाई ‘उहाँलाई मैले माया नगरेको हैन’ - www.sutranews.com
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व राष्ट्रपति विद्या भण्डारी पुनः सक्रिय राजनीतिमा आउन चाहे पार्टीको औपचारिक प्रक्रिया पालना गर्नुपर्ने भनेका छन्। आइतबार भृकुटीमण्डपमा जारी पार्टीको बन्दसत्रमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको जिज्ञासामा जवाफ दिँदै ओलीले ‘सदस्यता लिन मन छ भने पार्टीमा निवेदन दिनुपर्छ’ भन्ने कडा सन्देश दिए। बन्दसत्रमा सम्बोधन गर्दै अध्यक्ष ओलीले राष्ट्रपति जस्तो सेरेमोनियल र सम्मानित पदमा बसेको व्यक्ति निर्विवादित हुनुपर्ने उल्लेख गरे। विवादबाट टाढा रहने पदमा बसेको राष्ट्रको अभिभावक पुनः सक्रिय राजनीतिमा आएर आलोचना र विरोधको घेरामा पर्नु उपयुक्त नहुने उनको भनाइ थियो। ‘हामीले दुनियाँलाई ढाट्नु पर्दैन, फर्केर आए पनि भावनामा होइन, यथार्थमा चल्नुपर्छ। पूर्व राष्ट्रपतिज्यूलाई घृणा गरेर, मन नपरेर सदस्यता छेकेको होइन’, ओलीले भने, ‘लिन मन छ भने सदस्य हुन चाहन्छु भनेर पार्टीमा निवेदन दिनुपर्यो। पोलिटिक्स गर्छु भन्नुहुन्छ भने कसले रोकेको छ र ?’