Redirecting...

कम्बोडिया-थाइल्याण्ड सीमा झडप दोस्रो सातामा, युद्धविराम अझै अन्योलमा - farakdhar.com

कम्बोडिया-थाइल्याण्ड सीमा झडप दोस्रो सातामा, युद्धविराम अझै अन्योलमा - farakdhar.com
Source: FRDH

कम्बोडिया र थाइल्याण्डबीच नयाँ सीमा भिडन्त आइतबार दोस्रो हप्तामा प्रवेश गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घातक लडाई रोक्न युद्धविराम गर्ने सहमति भएको बताए पनि थाई प्रधानमन्त्रीले यसलाई खण्डन गर्दै लडाइँ जारी रहेको बताएका छन् । औपनिवेशिक कालको ८०० किलोमिटर (५०० माइल) लामो सीमामा सीमाङ्कन विवादका कारण जारी द्वन्द्वले लगभग आठ लाख मानिसहरूलाई विस्थापित गरेको अधिकारीहरूले बताएका छन् । ‘लडाइँ जारी रहेकोमा मलाई दुःख लागेको छ । म यहाँ छ दिनदेखि बस्दै आएको छु,’ ६३ वर्षीय सिन लीपले आइतबार कम्बोडियाको स...