खोकीको औषधिका कारण कतिपय देशमा जस्तै जोखिमका घटना नेपालमा हुन नदिन सरकारले के गर्दैछ? - www.bbc.com
AFP via Getty Images भारतमा खोकीको औषधि अर्थात् कफ सिरपको सेवनबाट अढाई वर्ष मुनिका झन्डै दुई दर्जन बालबालिकाको मृत्यु भएको घटनापछि नेपालमा पनि सतर्कता अपनाउन आवश्यक रहेको डाक्टरहरू बताउँछन्।तीन वर्ष पहिले पनि सन् २०२२ मा भारतको औषधि नियामकले मेइडन फर्मास्यूटिकल्सले उत्पादन गरेका कफ सिरप दूषित रहेको भन्दै प्रयोगमा प्रतिबन्ध लगाएको थियो।उक्त कम्पनीको कफ सिरप उज्बेकिस्तानमा १९ र द गाम्बियामा ७० जना बालबालिकाको मृत्युसँग सम्बन्धित रहेको बताइएको थियो।खासगरी सीमा नाका र भारततर्फ ओहोरदोहोर गर्न सहज भएको नेपालका विभिन्न स्थानबाट खोकीका औषधि सहजै उपलब्ध हुने भएपछि जोखिम देखिएको डाक्टर उदयनारायण सिंहले बताए। खोकीको 'प्राणघातक औषधि' बनाएको अभियोगमा कम्पनीका प्रमुखलाई जेल सजायमेइडन फार्मास्युटिकल्स: भारतमा बनेका खोकीका औषधिलाई लिएर डब्ल्यूएचोको चेतावनी उनी भन्छन्, "मात्राभन्दा बढी सामग्री औषधिमा प्रयोग भएको अवस्थामा बालबालिका लगायत जो कोहीलाई पनि असर गर्न सक्छ।" अब केरकार होइन: भारतीय अदालतले डाक्टरहरूलाई अक्षर सुधार्न आदेश दियोगर्भावस्थामा सिटामोल खाँदा बच्चालाई अटिजम् हुन सक्ने दाबी कति सही वा गलत डाक्टर सिंहले कप सिरप बनाउने कम्पनीहरूले औषधीमा तत्त्वको मात्रामा ध्यान दिन आवश्यक रहेको बताए।रुघाखोकी लाग्ने बित्तिकै परामर्शविना यहीँको फार्मेसीबाट वा भारतीय सीमावर्ती सहरबाट खरिद गरेर औषधी खाइहाल्ने बानीमा सुधार ल्याउनुपर्ने अन्यथा स्वास्थ्यमा अझ जटिलता उत्पन्न हुन सक्ने उनी बताउँछन्।नेपालमा कस्तो सावधानी अपनाइँदै छ?खोकी लाग्ने बित्तिकै सिरप किनेर आफूखुशी खाने चलन रहेको बताउँदै अर्का डाक्टर अनुपम उपाध्यायले खोकी विभिन्न कारणले लाग्ने हुँदा सिरपले नै निको हुन्छ भन्ने मान्यता मस्तिष्कबाट हटाउन भने।उनले सामान्य खोकी लागेको बेला कफ सिरपको सट्टा घरेलु उपाय गर्नुपर्ने बताए।तर कुनै खोकी लाग्दा घरायसी उपाय उपयुक्त नहुने हुँदा चिकित्सकको सल्लाह लिएर मात्रै औषधि सेवन गर्न उनको सुझाव छ।औषधि उत्पादकहरूको छाता सङ्गठन औषधी उत्पादक सङ्घका कोषाध्यक्ष सुमित चन्द्र श्रेष्ठले तीन वर्ष पहिले पनि भारतमा उत्पादित खोकीको औषधि अर्थात् सिरप सेवन गर्दा विदेशमा बालबालिकाको ज्यान गएको घटनापछि करिब २ वर्षदेखि सावधानी अपनाउन थालिएको जानकारी दिए।उनले नेपालको कफ सिरप उत्पादन गर्ने ३० वटा कम्पनीहरू रहेको तथा भारतबाट आयात हुने औषधि समेतलाई पूर्ण परीक्षण गर्ने गरिएको दाबी गरे।उनले विगतमा भारत, बाङ्ग्लादेश र अफ्रिकामा कफ सिरपका कारण बालबालिकाको मृत्यु भएको घटना स्मरण गर्दै नेपालमा यस्ता घटना हुन नदिन कडा मापदण्ड अपनाइएको बताए। 'सुन भएको औषधि': सरकारले बालबालिकाका लागि ल्याएको स्वर्णप्राशन थोपा अभियान के होएआईले डिजाइन गरेको नयाँ एन्टिबायोटिक्स कस्ता औषधि व्यवस्था विभागले औषधिको सुरक्षित प्रयोगबारे सूचना सार्वजनिक गर्दै आम नागरिक, स्वास्थ्यकर्मी र औषधि व्यवसायीलाई सावधानी अपनाउन आग्रह गरेको छ।औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले पहिला पनि भारतमा यस्तो घटना हुँदा नेपालमा चर्चा हुने गरेको र विभागले तीन तवरले योजना बनाएर अगाडि बढेको बताएका छन्।उनले सरकारी निकायदेखि सर्वसाधारण , चिकित्सक , औषधि पसल लगायत सबै सम्बन्धितलाई पालना गर्नुपर्ने आवश्यक निर्देशन सहितको सूचना जारी गरिएको र सोही अनुसारको कडाइ पनि गरिएको बताए।नेपालमा भने डाइएथलिन ग्लाइकोल प्रयोग गरेर औषधि बनाउने काम नगरिएको औषधि व्यवस्था विभागको दाबी छ।उक्त रसायनहरूले मानिसको मिर्गौला र स्नायु प्रणालीमा क्षति पुर्याउने तथा स्वास्थ्यमा गम्भीर असर पुर्याउने भएकाले उक्त रसायनको प्रयोग नै नगरिएको बताइएको छ।महानिर्देशक ढकालका अनुसार नेपालमा आयात हुने उल्लेखित कच्चा पदार्थ मिश्रित झोल बनावटको औषधिको प्रत्येक ब्याचको इथिलिन ग्लाइकोल वा डाइथिलिन ग्लाइकोलयुक्त मिसावट नभएको सुनिश्चित गरेपश्चात् मात्रै आयात तथा बिक्री वितरण गर्नुपर्ने नियम कडाइका साथ लागु गरिएको छ। क्यान्सरका बिरामीको बाँच्ने सम्भावना दोबर बनाउन सक्ने औषधिको 'सफल परीक्षण'विषालु सर्पले २०० पटक डसेका व्यक्तिको रगतबाट 'अद्वितीय औषधि' त्यस्तै उनले नेपालमा उत्पादित कफ सिरप वा अन्य तरल औषधिमा यी विषाक्त रसायनहरूको प्रयोग निषेधित रहेको र कुनै पनि ब्याचमा यस्तो सामग्री मिसिएको प्रमाणित भए तुरुन्तै विभागलाई जानकारी दिनुपर्ने गरी निर्देशन दिइएको जानकारी दिए।त्यसै गरी विभागमा दर्ता भएका औषधिहरू मात्रै प्रेस्क्रिप्सनमा लेख्न निर्देशन दिएको तथा दुई वा सो भन्दा कम उमेरका बालबालिकालाई खोकीको औषधि सिफारिस गर्दा वैज्ञानिक प्रमाणको आधारमा मात्रै सिफारिस गर्नुपर्ने उनले बताए।खासगरी सीमा नाका नजिकका स्थानहरूमा सजग रहन तथा जथाभाबी विक्री वितरण वा खरिद गर्न नपाइने गरी सचेत रहन आग्रह गरिएको उनले बताए।बजारमा दिइएको निर्देशन पालना भएको नभएको बारे जाँच गर्न तथा उत्पादनमा गलत अभ्यास भए नभएकोबारे परीक्षण गर्न बजारमा आएका औषधिहरूको नमुना सङ्कलन गरी परीक्षण गर्ने तयारी गरेको उनले बताए।नागरिकको स्वास्थ्यसँग खेलबाड नहोस् भन्ने अभिप्रायले विभिन्न रणनीति बनाएर काम भइरहेको उनको भनाइ छ। '३० लाख बालबालिकाको मृत्युको कारण औषधि प्रतिरोधसँग सम्बन्धित'नेपालमा एन्टिबायोटिकले 'काम नगर्ने अवस्था' बन्दै, कडा खालका यस्ता औषधि बिक्रीमा कडाइ बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।