ऊर्जामन्त्री कुलमान घिसिङले दिए राजीनामा - ehimalayatimes.com
Source: hmlt
काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिनुभएकाे छ। उहाँले केहीबेरअघि बालुवाटार पुगेर प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा बुझाउनु भएकाे हाे । प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद् बैठकमा राजनीतिक दलमा आबद्ध भएका मन्त्रीहरूलाई मार्गप्रशस्त गर्न आग्रह गर्नुभएकाे थियाे। रास्वपामा औपचारिक रूपमा आबद्ध भएपछि घिसिङ राजीनामा दिने तयारीमा हुनुहुन्थ्याे । घिसिङ रास्वपाबाट आगामी आमनिर्वाचनमा सहभागी हुने योजनामा हुनु हुन्छ। काठमाडौं–३ बाट उम्मेदवारी दिने तयारी गरिरहेका उहाँले निर्वाचनमा उम्मेदवारी दर्ता गर्नुअघि नै पदबाट राजीनामा दिने बताउनु भएकाे थियाे ।