अझै थाकेका छैनन् ‘रन मेसिन’ कोहली, खेल्दै छन् लगातार विराट पारी - farakdhar.com
Source: FRDH
भारतीय क्रिकेट टिमका सुपर स्टार विराट कोहली हाल सानदार लयमा छन् । ओडिआई क्रिकेटमा मात्र केन्द्रित कोहलीले घरेलु मैदानमा जारी दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय श्रृंखलामा उत्कृष्ट प्रदर्शन गरिरहेका हुन् । उनले यस सिरिजको सुरुवाती दुवै खेलमा लगातार शतकीय पारी खेलेका छन् । कोहलीले श्रृंखलाको पहिलो म्याचमा १२० बलमा ११ चौका र सात छक्काको सहयोगमा १३५ रनको शतकीय इनिङ खेले । भारतको जितमा ‘नायक’ साबित भएका उनी त्यस खेलमा ‘प्लेयर अफ द म्याच’ चुनिए । कोहलीले दोस्रो ओडिआईमा पनि आफ्नो सानदार लय जारी र...