नगरपालिका संघको प्रश्न- भूमि विधेयक संविधानभन्दा माथि हो ? - www.pardafas.com
नेपाल नगरपालिका संघका अध्यक्ष भीम ढुंगानाले संघीय सरकारले भूमि विधेयकमार्फत स्थानीय सरकारका एकल अधिकार खोस्ने प्रयास गरेको भन्दै आपत्ति जनाएका छन्। शुक्रवार प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा विधेयकमाथिको छलफलमा बोल्दै उनले आपत्ति जनाएका हुन्। उनले संविधानले स्थानीय सरकारलाई दिएका विभिन्न २२ वटा एकल अधिकारहरू छोडिदिए आफूहरूले केही नमाग्ने बताए। उनले पछिल्लो समम थानीय सरकारले थाप्ने र संघ सरकारले दिनेजस्तो अवस्था आएको भन्दै एनजिओ आईएनजिओको जस्तो व्यवहार नगर्न समेत अनुरोध गरे। अध्यक्ष ढुंगानाले संविधानले भूमिकर, मालपोत र नापी स्थानीय सरकार मातहत रहने स्पष्ट व्यवस्था गरेको भन्दै त्यसको कार्यान्वयनमा सघाउन समेत अनुरोध गरे। उनले भूमि विधेयक संविधानभन्दा माथि हो ? भन्दै प्रश्न गरे। भूमि विधेयक संविधानको कार्यान्वयन गर्ने प्रतिवद्धतासहित आउनुपर्ने उनको भनाइ छ।