एक मानिसको नग्न तस्बिर खिचेपछि गुगललाई क्षतिपूर्ति तिर्न आदेश दिइयो - technologykhabar.com
एक अर्जेन्टिनी पुरुषले हालै टेक जायन्ट गुगल विरुद्धको कानुनी लडाई जितेका छन्। आफ्नो ब्याकयार्ड (घरको पछाडिको भाग) मा खिचिएको उनको नग्न तस्बिर सबैले हेर्नको लागि गुगल स्ट्रिट भ्यूमा पोस्ट गरिएको उल्लेख छ। पहिचान नखुलाइएको एक अज्ञात व्यक्तिले दायर गरेको मुद्दा हालै मात्र टुङ्गिएको बताइएको छ। सन् २०१७ को यो घटनामा गुगल स्ट्रिट भ्यू गाडी ब्यूनस आयर्सबाट लगभग २०० किलोमिटर टाढा रहेको अर्जेन्टिनाको सानो शहर ब्रागाडोबाट गुज्रिरहेको अवस्थामा एक स्थानीय व्यक्ति आफ्नो ब्याकयार्ड (घरको पछाडिको भाग) मा पूर्ण रूपमा नग्न अवस्थामा भएको बताइएको छ। कारको उन्नत क्यामरा प्रणालीले उनलाई पछाडिबाट तस्बिरमा कैद गरेको र खिचिएका तस्बिरमा उनको नितम्ब देखिएयो उल्लेख छ। यद्यपि तस्बिरमा व्यक्तिको अनुहार भने नदेखिएको भए तापनि तस्बिरमा रहेको स्पष्ट सडक ठेगानाले उनलाई शहरमा उपहासको विषय बनाएको उल्लेख गरिएको छ। उपहास सहेर थाकिसकेको उनले आफ्नो गोपनीयता उल्लङ्घन गरेको आरोपमा गुगललाई अदालतमा पुर्याएको विदेशी मिडियाले रिपोर्ट गरेको छ। पहिलो चरणको अदालतले गत वर्ष मुद्दा खारेज गर्दै अर्जेन्टिनाका ती व्यक्ति “आफ्नो ब्याकयार्डमा अनुपयुक्त अवस्थामा हिँडिरहेको” भएकोले परिस्थितिको लागि जिम्मेवार रहेको फैसला सुनाएको थियो। तर पछि पुनरावेदनमा, अदालतले गुगलले वादीको निजी क्षेत्रमा “हस्तक्षेप” गरेको तर्क गर्दै, “उनको मर्यादालाई कमजोर पारेको” भन्दै वादीको पक्षमा फैसला सुनाएको बताइएको छ। प्रविधि कम्पनीले उक्त व्यक्तिको घरको बारहरु उनको नग्नतालाई जोगाउन धेरै होचो भएको दाबी गरेको भए तापनि अनुसन्धानले पर्खाल पर्याप्त अग्लो भएको पत्ता लगाएको हुनाले कम्पनीको यो तर्क खारेज गरियो बताइएको छ। “कोही पनि संसारमा भगवानले सृष्टि गर्नुभएको रूपमा देखा पर्न चाहँदैन” फैसलामा भनिएको छ र गुगलले मानिसहरूको गोपनीयताको रक्षा गर्ने आफ्नो दायित्वको बारेमा पूर्ण रूपमा सचेत छ, जुन गुगल स्ट्रिट भ्यूमा अनुहार र लाइसेन्स प्लेटहरू धमिलो पार्ने नीतिले प्रमाणित गर्दछ भनि थप उल्लेख गरिएको छ। यद्यपि, यस अवस्थामा, प्लेटफर्ममा देखिने स्पष्ट सडक नम्बरले नग्न मानिसलाई पहिचान गर्न धेरै सजिलो भएको उल्लेख गरिएको छ। ब्यूनस आयर्सको राष्ट्रिय नागरिक अपील चेम्बरले गुगललाई वादीलाई उनको मर्यादामा भएको क्षतिको क्षतिपूर्तिमा १ करोड ६० लाख पेसो (वा १२,००० युरो) भन्दा बढी तिर्न आदेश दिएको टेलीग्राफले रिपोर्ट गरेको छ। The post एक मानिसको नग्न तस्बिर खिचेपछि गुगललाई क्षतिपूर्ति तिर्न आदेश दिइयो appeared first on Technology Khabar.