एनपिएल फाइनलमा लुम्बिनीविरुद्ध सुदूरपश्चिम ब्याटिङमा - farakdhar.com
Source: FRDH
नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ को फाइनलमा लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सले टस जितेर ब्याटिङ रोजेको छ । यी दुई टिमबीचको उपाधि भिडन्त कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा भइरहेको हो । सुदूरपश्चिम र लुम्बिनी पहिलो एनपिएल ट्रफीको खोजीमा छन् । उनीहरूमध्ये सुदूरपश्चिम लगातार दोस्रोपटक फाइनल खेलिरहेको हो । ऊ गत सिजनको एनपिएल फाइनलमा जनकपुर बोल्ट्ससँग पराजित भएको थियो । लुम्बिनी भने पहिलोपटक एनपिएलको फाइनल खेलिरहेको हो । ऊ गत सिजनमा अंक तालिकाको पुछारमा थियो ।