Redirecting...

२५ लाख बिगो भएको बैंकिङ्ग कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ  - bankingsamachar.com

२५ लाख बिगो भएको बैंकिङ्ग कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ  - bankingsamachar.com
Source: bkns

काठमाडौं – बैंकिङ्ग कसुर मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका– ५ लुभु घर भई काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका– १ गागलफेदी बस्ने ६० वर्षीय जनक राउत रहेका छन् । शोभा डिसीले दायर गरेको जाहेरीका आधारमा उच्च अदालत पाटनले २०७५ साल असार २४ गतेको फैसलामा राउतलाई २५ लाख बिगो भराउनुपर्ने, सोही रकम बराबर जरिवाना र १ महिना कैदको सजाय तोकेको थियो । उक्त फैसलाविरुद्ध राउतले पुनरावेदन गर पनि सर्वोच्च अदालतले २०८१ साल असार २४ गते उच्च अदालतको फैसला सदर गरेको थियो। त्यसपछि फरार रहेका राउतलाई प्रहरीले २०८२ साउन १६ गते काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ स्थित बिपी चोकबाट पक्राउ गरेको हो । पक्राउ परेपछि उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत, ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।