Redirecting...

उखुको खरिद मूल्य प्रतिक्विन्टल ६२० रुपैयाँ निर्धारण - taksarnews.com

उखुको खरिद मूल्य प्रतिक्विन्टल ६२० रुपैयाँ निर्धारण - taksarnews.com
Source: tsar

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि उखु कृषकलाई उपलब्ध गराइने न्यूनतम खरिद मूल्य र अनुदान दर निर्धारण गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६२० रुपैयाँ तोक्ने निर्णय गरेको हो। त्यस्तै, उखु कृषकलाई प्रदान गरिने अनुदान रकम प्रतिक्विन्टल ७० रुपैयाँ कायम गर्ने निर्णय पनि बैठकले गरेको छ। यसैगरी, बैठकले कोलम्बो प्लानको नवौं महासचिवका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा.गोविन्दप्रसाद शर्माको उम्मेदवारी मनोनयन गर्न स्वीकृति प्रदान गरेको छ।