कांग्रेसमा तेस्रो ठूलो विभाजन देउवाकै भूमिकाले दुई पटक चोट - ekantipur.com
Source: kant
शेरबहादुर देउवा पक्ष र विशेष महाधिवेशन पक्षबीचको द्वन्द्वले अन्ततः कांग्रेस विभाजित भएको छ । कांग्रेसको झन्डै आठ दशक लामो इतिहासमा गहिरो प्रभाव पार्ने गरी यो तेस्रो ठूलो विभाजन भएको हो । यसअघि व्यक्तिगत रूपमा तथा साना विभाजन थुप्रै पटक भए पनि त्यसले पार्टीलाई खासै क्षति पुर्याएको थिएन ।