Redirecting...

वीरगञ्जमा कर्फ्यू मंगलबार साँझ ६ बजेसम्म लम्ब्याइयो - ehimalayatimes.com

वीरगञ्जमा कर्फ्यू मंगलबार साँझ ६ बजेसम्म लम्ब्याइयो - ehimalayatimes.com
Source: hmlt

पर्सा । वीरगञ्जमा जारी कर्फ्यू मंगलबार साँझ ६ बजेसम्म लम्ब्याइएको छ । धार्मिक तथा सामाजिक विषयलाई लिएर दुई समुदायबीच तनाव बढेपछि स्थानीय प्रशासनले सोमबार साँझदेखि कर्फ्यू आदेश जारी गरेको हो । जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार सोमबार साँझ ६ बजेदेखि मंगलबार बिहान ८ बजेसम्मका लागि जारी गरिएको कर्फ्यू पहिलो चरणमा दिउँसो १ बजेसम्म लम्ब्याइएको थियो । पछि अवस्था पूर्ण रूपमा सामान्य नभएकाले कर्फ्यूको समय पुनः थप गरी मंगलबार साँझ ६ बजेसम्म पुर्‍याइएको हो ।