Redirecting...

कांग्रेस विवाद : समाधान खोज्दै बालुवाटारमा विशेष वार्ता - kendrabindu.com

कांग्रेस विवाद : समाधान खोज्दै बालुवाटारमा विशेष वार्ता - kendrabindu.com
Source: kend

काठमाडौँ । नेपाली कांग्रेसभित्र चुलिएको आन्तरिक विवाद समाधानका लागि विशेष महाधिवेशन पक्ष र संस्थापन समूहबीच बालुवाटारमा वार्ता भइरहेको छ। विशेष महाधिवेशनको नेतृत्व गरिरहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको पहलमा वार्ता सुरु भएको हो। विशेष महाधिवेशन पक्षबाट प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे वार्तामा सहभागी छन्। संस्थापन पक्षबाट नेता रमेश लेखक र बालकृष्ण खाण सहभागी हुँदा शेखर कोइराला समूहका तर्फबाट जीवन परियार र मिनेन्द्र रिजाल वार्तामा छन्। विशेष महाधिवेशन पक्षले सभापति शेरबहादुर देउवासहित शीर्ष नेतृत्वलाई औपचारिक रूपमा बोलाए पनि देउवा समूह भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा उपस्थित भएन। सभापति देउवाले विशेष महाधिवेशनलाई मान्यता नदिने सन्देश निकटस्थमार्फत् दिइरहेको बताइएको छ । महाधिवेशन प्रतिनिधिको बहुमतले नीति र नेतृत्वमा तत्काल परिवर्तनको माग गरिरहेका बेला संस्थापन पक्षको मौनताप्रति असन्तुष्टि बढ्दै गएको छ । विशेष महाधिवेशन पक्षले वार्ताबाट निकास ननिस्किए आजैदेखि निर्वाचन प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ । बालुवाटारको यो वार्ताले कांग्रेसको विशेष महाधिवेशनको भावी दिशा तय गर्ने अपेक्षा गरिएको छ ।