नेपाल बैंक र एभरेष्ट हस्पिटलबिच सम्झौता - kendrabindu.com
Source: kend
काठमाडौं । नेपाल बैंक लिमिटेडका ग्राहकहरू, बैंकमा कार्यरत कर्मचारीहरू र कर्मचारीका परिवारहरूलाई काठमाडौँ नयाँ वानेश्वरमा रहेको एभरेष्ट हस्पिटल प्रा.लि. मा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सो सम्झौता बमोजिम अस्पतालको विविध उपचार सेवामा लाग्ने शुल्कहरूमा बिल रकमको ५ देखि २० प्रतिशत छुट हुने व्यवस्था गरिएको छ । सो सम्झौता पत्रमा बैकको तर्फबाट प्रमुख वित्त अधिकृत दीपेन्द्र राज काफ्ले र एभरेष्ट हस्पिटल प्रा.लि. को तर्फबाट सञ्चालक समितिका सदस्य शैलेन्द्र महासेठले हस्ताक्षर गरे । यसबाट नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू, कर्मचारीका परिवारहरू तथा बैंकमा खाता रहेका ग्राहकहरूले एभरेष्ट हस्पिटल प्रा. लि. द्वारा प्रदान गरिने सहुलियतपूर्ण स्वास्थ्य सेवाबाट लाभान्वित हुनेछन् ।