कर्णालीमा नसर्ने रोगबाट प्रभावित बन्दै बालबालिका - farakdhar.com
Source: FRDH
कर्णालीमा पछिल्ला वर्षमा बालबालिका तथा किशोर-किशोरी नसर्ने रोगबाट प्रभावित हुँदै गएका छन् । कर्णाली प्रदेश अस्पताल सुर्खेतको तथ्यांक अनुसार २० वर्षमुनिका नसर्ने रोगका बिरामी अस्पतालमा उपचारका लागि आउने गरेका हुन् । बीस वर्षमुनिका ९५० जना बालबालिका मानसिक रोगसँग सम्बन्धित उपचाररत रहेका अस्पतालका सर्जन डा. सुवास शर्माले जानकारी दिए । ‘तीमध्ये साइकोसिस, अटिजमलगायत समस्या भएका व्यक्ति बढी देखिएका छन् । कम उमेरमा मानसिक स्वास्थ्य समस्या बढ्नु चिन्ताजनक विषय हो’, उनले भने । डा. शर्माका अनुसार मुटुसम्बन्धी रोग...