कविता : एकल आमाको परिवार - sahityapost.com
सूर्यको तेज घट्दै गर्दा दिनको उज्यालो खुम्चिँदै गर्दारूखका पातहरूले नयाँ रङ्गहरू स्वीकार्दै गर्दा जङ्गलको छेउमाघर पछाडिको रूखमा इन्जिनियर प्रकृतिले बनाएकोअर्को घरको द्वार देखियो । नयाँ घरभित्र एउटा परिवार देखियोएकल आमाले धान्दै गरेकी घरबार देखियो ।देखिएको परिवारको नदेखिएको प्राणी खानाको खोजीमानजिकै जङ्गलमा वा टाढाको मरुभूमिमा पसिना चुहाउँदै गरेको हुनुपर्छ । नाम नखुलेको—वयस्क पात्र भाषा नबुझेर,काम बिराएर या मोटाघाटाहरूको झोकमा परेरकैदमा कोचिएको पनि हुन सक्छ ।आफ्नाहरूबाट टाढिएको—विवश प्राणीअमुक स्थानमा बिना इजाजत प्रवेश गरेको कसुरमाहात–खुट्टा बाँधेर अन्तै कतै टाढाको महादेशमा पुर्याइएको पनि हुन सक्छ । कतिपय अन्य ‘जैविक’ पिताहरू जस्तैयो घरको वयस्क पुरुष प्राणी कतै अन्तै लागेको पनि हुन सक्छघर–परिवारलाई त्यागेको पनि हुन सक्छ । जे होस्, औधी मायालाग्दो परिवारका तीन प्राणीहरूले‘ऊ’ अर्थात् घरवालालाई बिस्तारै–बिस्तारै तान्दै गरे ।‘ऊ’ सुस्त–सुस्त तानिँदै गयो ।घट्दै गएको ‘ऊ’सँगको दूरीदेखि झस्किएकीप्रस्ट देखिएको नौलो अनुहारसँग तर्सिएकी नयाँ घरकी आमालेआफ्ना बच्चाहरूलाई खोकिलामा च्याप्दै केही बुझाउँदै थिईफकाउँदै–फकाउँदै केही सम्झाउँदै थिई । ऊ सम्भवतः भन्दै थिई“नजिकिँदै गरेको प्राणीले खाना दिएर लोभ्याउन खोज्ला—नलोभिनु”“खेलौना देखाएर आफ्नो बनाउन खोज्ला—नबन्नु”“सुविधासहितको आश्रय दिएर ‘बाबु’ बन्न खोज्ला—नपत्याउनु”“तिमीहरूकी आमालाई ‘आफ्नी’ बनाउन खोज्ला—नदिनु।” एकल आमा आफ्ना सन्तानहरूलाई पालैपालो म्वाई खाँदैजीवनको दर्शन पोख्दी हो“तिमीहरू र तिमीहरूकी आमाजस्ता होइनन् मानिसहरू”“नपत्याऊ रूखका पातहरूजस्तो रङ बदल्न हिउँद कुर्न नपर्नेहरूलाई”“विश्वास नगर— युरोपको मौसमभन्दा छिटो परिवर्तन हुने मन भएकाहरूलाई”“मनपेट नदेऊ— विश्वासको आधार नभेटिएकाहरूलाई।” यता, नयाँ छिमेकको मनोभावसँग बेखबर‘ऊ’ नयाँहरूसँग न्यानोपन साट्ने चाहनामाअझै एक पाइला अघि बढाउँछ ।