Redirecting...

कविता : सगरमाथाको आधार शिविरबाट - sahityapost.com

कविता : सगरमाथाको आधार शिविरबाट - sahityapost.com
Source: shpt

अगुवाहरूले पिचासको रूप बोकेरसमथर मैदानमा नाङ्गो नाच नाचेको देखेरसगरमाथा रिसले चुर भएको छआँगनमा खेलिरहेका नानीहरूकोनिर्दोष अनुहार र आँसु देखेरयो एक्काइसौँ शताब्दीमा बाँच्न पाउनुपर्छपढ्न र लेख्न पाउनुपर्छर हामी स्वतन्त्र हुन पाउनुपर्छ भन्दैविश्वसामु याचना गरिरहेको देखेरन्यायका प्रतिमूर्तिहरू नतमस्तक छन् । सगरमाथाको आधारशिविरबाटन्यायको नायक मध्यान्नको रापिलो घाममाहिउँ पगालेरनरपिचासहरूलाई यमलोकको पिपको समुद्रमा बगाउनचिसा र हिउँजस्तै ठोस योजना बनाइरहेछ ।यहाँ सगरमाथालाईभर्खर पराकम्पनले चिथोरेका सपनाहरूलाई फर्काउनु छ,नानीहरूको आँखामा आँसु पुछेरहातमा किताब बोकाएरनेल्सन, तसलिमा, होची मिन्ह र पारिजात पढाउनु छआकाशमा पखेटा नकाटी उड्न रखुसीले आमाका काखमा भोकै सुत्न सक्ने बनाउनु छ । सगरमाथालाई थाहा हुँदैछ, अग्रगमनको नाममाजराबाट चिथोरिदैछ,आफ्नै दाजुभाइको नाममा आफ्नै गोत्रहरूआफ्नै मासु पकाएर खान खोज्दैछन्एउटै आमाको दुध पिएकाहरू पनि दुधको धारा बिर्सेरनदीको साँधमा सम्भोग गर्न खोज्दैछन् । साँध जोडिएका छिमेकीका झ्यालका प्वालहरूबाटबनमा मृगसँग खेलिरहेकी सावित्रीको कुमारित्त्व भङ्ग गर्नदिन दहाडै दृश्य हेर्दै योजना बनाउँदै छन् ।त्यो बेला,हिमालयको शालीनता र ध्यान तोडिएरगडगडाहट नदी जस्तो भएरआमाका दुधका धाराका कसम खाएरसगरमाथाको आधारशिविरबाटयौटा सङ्कल्प बोकेरएउटा बिरता, स्वाभिमान र स्वतन्त्रता, र सार्वभौमिकतासत्यको धर्मयुद्धमा ओर्लिनेछत्यो बेला यी सबै पीडाहरूलाई बगाएर लैजानेछर, काला अनुहार र मनहरूलाई कोसौ टाढा पुऱ्याउने छसगरमाथको आधारशिविरबाट ।