Redirecting...

कोशी प्रदेश पुस्तकालय संघमा नयाँ नेतृत्व गठन - sahityapost.com

कोशी प्रदेश पुस्तकालय संघमा नयाँ नेतृत्व गठन - sahityapost.com
Source: shpt

उदयपुर । कोशी प्रदेश पुस्तकालय संघको पुरानो नेतृत्वले बैठक नगरेपछि नयाँ तदर्थ कार्यसमिति गठन गरिएको छ। मोरङका उद्धव विष्टको संयोजकत्वमा १३ सदस्यीय तदर्थ समिति गठन गरिएको हो भने सदस्य सचिवमा उषा परियार चयन हुनुभएकाे छ । पुरानो समितिका अध्यक्ष भरत खड्काले बैठक सञ्चालन नगरी व्यक्तिगत रूपमा निर्णय लिँदा समितिको स्थायित्वमा असर पुगेको भन्दै नयाँ समिति गठन गरिएको हो। तदर्थ समितिले कोशी प्रदेश भित्रका सामुदायिक तथा सार्वजनिक पुस्तकालयहरूको व्यवस्थित संचालन, व्यवस्थापन, सुदृढीकरण र पठन संस्कृतिको विकासमा सक्रिय भूमिका निर्वाह गर्ने निर्णय गरेको छ। गत शनिबार धरानस्थित सुनौलो पुस्तकालयमा आयोजित प्रदेशस्तरीय भेलामा धरान उपमहानगरपालिकाका उपप्रमुख आइन्द्र विक्रम बेगाले मोबाइल प्रयोगको बढ्दो प्रभावले पुस्तक पढ्ने बानी घटिरहेकोमा चिन्ता व्यक्त गर्दै विद्यालय, कलेज र गाउँटोलमा पुस्तकालय सञ्चालन अनिवार्य भएको बताउनुभयाे । उद्धव विष्टले कोशी प्रदेशका पुस्तकालयहरूको वर्तमान अवस्था सुधार आवश्यक रहेको धारणा प्रस्तुत गर्नुभयाे । भेलामा कोशी प्रदेशका १४ जिल्लामा कार्यरत पुस्तकालयकर्मीमध्ये ११ जिल्लाका प्रतिनिधिहरूले आफ्नो अनुभव र सुझाव प्रस्तुत गर्नुभएकाे थियाे । तदर्थ समितिका सदस्यहरूमा प्रम प्रकाश फलाहारी (झापा), नवराज घिमिरे (झापा), इन्द्र थापा (भोजपुर), घनश्याम बराल (धनकुटा), सुदेश वस्ती (मोरङ), पदमबहादुर भट्टराई (धनकुटा), भवानी प्रसाद पोखरेल (सुनसरी), हरि घिमिरे (इलाम), बाबुराम श्रेष्ठ (ताप्लेजुङ), ऋषिकेश चापागाई (संखुवासभा), डम्बर चौहान (सुनसरी), माधव पोखरेल (गोज्याङ्ग्र, उदयपुर) रहनुभएकाे छ । भेलाले संघको विधान तयार गर्न नवराज घिमिरेको संयोजकत्वमा रामप्रसाद दाहाल र भवानी प्रसाद पोखरेल सदस्य रहेको ३ सदस्यीय मस्यौदा उपसमिति गठन गरेको छ। साथै आर्थिक उपसमितिको संयोजक निलकण्ठ तिवारी रहनुभएकाे छ भने सदस्यहरूमा भरत गुरुङ, रामप्रसाद दाहाल, उषा गुरुङ, सीताराम त्रिताल, सुदर्शन बराल, मनोज विश्वकर्मा, महाप्रसाद लामिछाने र शेषकुमारी घिमिरे रहनुभएकाे छ । नयाँ तदर्थ समितिले आगामी दिनमा कोशी प्रदेशका पुस्तकालयहरूको समन्वय, पठन संस्कृतिको प्रवद्र्धन र संघको स्थायित्व सुनिश्चित गर्न पहल गर्ने बताइएको छ। The post कोशी प्रदेश पुस्तकालय संघमा नयाँ नेतृत्व गठन appeared first on साहित्यपोस्ट.