माबिलुङ इनर्जीको आईपीओ साउन २६ देखि खुल्ने - www.onlinepana.com
काठमाडौं । माबिलुङ इनर्जीले सर्वसाधारणका लागि साउन २६ देखि प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि अंकित मूल्य १ सयका दरले कुल १८ लाख ९० हजार ५३० कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो । जुन जारी पूँजीको ४८.९९ प्रतिशत हो । वैदेशिक रोजगारमा रहेका, आयोजना प्रभावित तथा सामुहिक लगानी कोषलाई छुट्याएपछि बाँकी रहेको १२ लाख ४८ हजार ९०४ कित्ता सेयर सर्वसाधारणमा निष्कासन गरिएको हो । सर्वसाधारणले न्यूनतम १० तथा अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । बिक्री प्रवन्धक लक्ष्मी सनराइज क्यापिटल रहेको छ । साउन २९ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले संखुवासभा जिल्लामा माथिल्लो पिलुवाखोला– ३ मा ४.९५ मेगावाट क्षमताको आयोजना बनाएको छ । जसको प्रतिमेगावाट लागत २२ करोड ९५ लाख रुपैयाँ रहेको छ । The post माबिलुङ इनर्जीको आईपीओ साउन २६ देखि खुल्ने appeared first on Nepal'S Largest Digital Online Newspaper (Magazine).