Redirecting...

सोल्टी होटलले सेयरधनीलाई १६ प्रतिशत नगद र १५ प्रतिशत बोनस सेयर दिने - www.onlinepana.com

सोल्टी होटलले सेयरधनीलाई १६ प्रतिशत नगद र १५ प्रतिशत बोनस सेयर दिने - www.onlinepana.com
Source: onpa

काठमाडौं । सोल्टी होटल लिमिटेडको ५१औँ वार्षिक साधारणसभा आइतबार काठमाडौंमा सम्पन्न भएको छ । सभाबाट नयाँ सञ्चालक समिति गठन हुनुका साथै दिनेशबहादुर विष्ट कार्यकारी अध्यक्षमा नियुक्त भएका छन् । सोल्टी होटलले विगत ६० वर्षभन्दा बढी समयदेखि नेपालको पर्यटन क्षेत्रको विकासमा योगदान दिँदै आएको छ । सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणसहितको एकीकृत आर्थिक विवरण सर्वसम्मत रूपमा पारित गरेको छ । साथै, सोही आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई चुक्ता पुँजीको १६.५७ प्रतिशत नगद लाभांश वितरण गर्ने र १५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पनि पारित भएको छ । त्यसैगरी, आर्थिक वर्ष २०८२/८३ का लागि जे.बी. राजभण्डारी एण्ड डिविन्स, चार्टर्ड एकाउन्टेन्ट्स, काठमाडौंलाई वैधानिक लेखापरीक्षक नियुक्त गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव सभाले स्वीकृत गरेको छ । साधारण सभाबाट ९ सदस्यीय सञ्चालक समिति गठन भएको छ । संस्थागत शेयरधनीहरूतर्फबाट पाँच जना, सर्वसाधारण शेयरधनीहरूतर्फबाट तीन जना र एक जना स्वतन्त्र सञ्चालक चयन भएका छन् । संस्थागत शेयरधनी सोल्टी इन्टरप्राइजेज प्राइभेट लिमिटेडको प्रतिनिधित्व गर्दै सञ्चालकमा दिनेशबहादुर विष्ट, रवि भक्त श्रेष्ठ, राजेश काजी श्रेष्ठ र जया राज्यलक्ष्मी शाह नियुक्त भएका छन् । नेपाल वायुसेवा निगमको प्रतिनिधित्व गर्दै अमृतमान श्रेष्ठ सञ्चालकमा नियुक्त भएका छन् । सर्वसाधारण शेयरधनीहरूको तर्फबाट प्रकाश विक्रम खत्री, शशीराज पाण्डे र निरञ्जन कुमार टिवरेवाला सञ्चालकमा निर्वाचित भएका छन् । साथै, डा. माधव गिरी स्वतन्त्र सञ्चालकमा नियुक्त भएका छन् । The post सोल्टी होटलले सेयरधनीलाई १६ प्रतिशत नगद र १५ प्रतिशत बोनस सेयर दिने appeared first on Nepal'S Largest Digital Online Newspaper (Magazine).