Redirecting...

मन्त्री परिवर्तनसँगै एकै पटक २८ पालिकामा प्रमुख प्रशासकीय अधिकृत हेरफेर, २२ को जिम्मेवारी खोसियो - www.palikalive.com

मन्त्री परिवर्तनसँगै एकै पटक २८ पालिकामा प्रमुख प्रशासकीय अधिकृत हेरफेर, २२ को जिम्मेवारी खोसियो - www.palikalive.com
Source: plkl

काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरूको ठुलो मात्रामा हेरफेर गरेको छ। मन्त्रालयले एकै पटक ३४ उपसचिव र ८५ शाखा अधिकृतहरूको सरुवा गर्दै ८ नगरपालिका र २० गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरूलाई फेरबदल गरेको हो। सरुवासँगै २२ जना प्रमुख प्रशासकीय अधिकृतहरूलाई उनीहरूको जिम्मेवारीबाट हटाउँदै १२ जनालाई जिल्ला समन्वय समिति (जिसस) तिर खटाइएको छ भने अन्यलाई विभिन्न मन्त्रालय र आयोगमा पठाइएको छ। प्रशासनिक समायोजनको यो निर्णय मन्त्रिपरिषद्को सिफारिसमा शुक्रवार भएको हो। विभिन्न तहका कर्मचारीलाई एक ठाउँबाट अर्को ठाउँमा खटाउने या फिर्ता बोलाउने कार्यले स्थानीय प्रशासनमा महत्त्वपूर्ण पुनर्संरचना ल्याउने मन्त्रालयको भनाइ छ। नगरपालिका तहमा ८ जनाको हेरफेर मन्त्रालयले उपसचिवस्तरका ८ जनालाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा विभिन्न नगरपालिकामा खटाएको छ। गृह मन्त्रालयमा कार्यरत उपसचिव जितेन्द्र कुमार यादवलाई सर्लाहीको हरिपुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ। त्यस्तै, गृह मन्त्रालयकै नरेश कुमार यादव कविलासी नगरपालिकामा खटाइएका छन्। नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीलाई काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा स्थानान्तरण गरिएको छ। सुवेदीको स्थानमा हरिदत्त कँडेल, जो बागलुङमा कार्यरत थिए, नीलकण्ठमा पुगेका छन्। केही महिना अघि मात्रै कागेश्वरी मनोहरामा नियुक्त गरिएका हरिराम नागिलालाई सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा सरुवा गरिएको छ। नागिलालाई राष्ट्रपति रामचन्द्र पौडेलनिकट कर्मचारीका रूपमा चिनिन्छ। त्यस्तै, बाह्रबिसेबाट ईश्वरी शर्मालाई बागलुङ नगरपालिका पठाइएको छ भने गलकोटका घनश्याम शर्मालाई पर्वतको कुस्मा नगरपालिकामा खटाइएको छ। कुस्मामा कार्यरत नेत्र पौडेललाई मन्त्रालयको अतिरिक्त समूहमा फिर्ता बोलाइएको छ। मोरङको जिससमा कार्यरत विवादित उपसचिव महेश पाण्डेलाई कावासोती नगरपालिकामा खटाइएको छ। २० गाउँपालिकामा शाखा अधिकृतहरूको सरुवा शुक्रवारको निर्णय अनुसार ८५ जना शाखा अधिकृतहरूको सरुवा हुँदा २० वटा गाउँपालिकामा पनि प्रमुख प्रशासकीय अधिकृत परिवर्तन भएका छन्। यसअनुसार, विज्ञान पौडेललाई लमजुङको मर्स्याङ्दी गाउँपालिका, परशुराम उपाध्यायलाई जानकी गाउँपालिका, विमल रिजाललाई ताराखोला, सुनिल केशरीलाई विश्रामपुर, र राकेश ओझालाई फेटा गाउँपालिकामा खटाइएको छ। त्यस्तै, भानुभक्त भट्टलाई डडेलधुराको पुर्चौडी, राजु नेपाललाई पाल्पाको माथागढी, बमबहादुर केसीलाई दैलेखको नारायण नगरपालिका, र विनोद पोखरेललाई मकवानपुरको बकैया गाउँपालिकामा पठाइएको छ। डिल्ली खड्कालाई रुकुम पूर्वको सिस्ने गाउँपालिका, रामजी जोशीलाई सर्लाहीको कौडेना, र रणजित कुमार यादवलाई जलेश्वर गाउँपालिकामा खटाइएको छ। त्यस्तै, जगत बस्नेतलाई रोहिणी गाउँपालिका (रुपन्देही), कृष्ण प्रसाद मरासिनीलाई कालिगण्डकी गाउँपालिका, राजेश दाहाललाई रावावेशी, देवराज चौधरीलाई स्वामी कार्तिक खापर, कालिका तिम्सिनालाई देवघाट, नरेन्द्र यादवलाई मायादेवी, जोखिम वलीलाई बबई, दीपेन्द्र कँडेललाई सिद्ध कुमाख, र राजीव कुमार झालाई सोनमा गाउँपालिकामा सरुवा गरिएको छ। २२ जना प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी खोसियो यसपटकको सरुवामा २२ जना प्रमुख प्रशासकीय अधिकृतहरूलाई जिम्मेवारीबाट हटाइएको छ। तीमध्ये १२ जनालाई जिल्ला समन्वय समिति (जिसस) तिर पठाइएको छ भने अन्य मन्त्रालयका विभिन्न निकायहरूमा तानेर राखिएको छ। जिम्मेवारीबाट हटाइएका कर्मचारीमा साजन अधिकारी (गोलन्जोर गाउँपालिका) लाई जिसस दोलखा, सृजना पौडेल (जलजला) लाई जिसस स्याङ्जा, दीपशिखा आले (हरिहरपुरगढी) लाई जिसस रसुवा, शशी लिङ्देन (मौवाखोला) लाई जिसस पाँचथर, र सुमिता राईलाई जिसस खोटाङ पठाइएको छ। त्यस्तै, वन्दना सुवेदी (आमचोक) लाई जिसस तेह्रथुम, प्रभा आले (किस्पाङ, नुवाकोट) लाई जिसस ताप्लेजुङ, यशोदा थापा (लिखु) लाई जिसस गोरखा, सुमिता मरासिनीलाई जिसस नवलपरासी, ज्योति देवकोटा (खानीखोला) लाई जिसस धादिङ, र छकलाल आले (डडुवा) लाई जिसस कपिलवस्तु पठाइएको छ। साकेला गाउँपालिकाकी अञ्जली भट्टराईलाई जिसस नुवाकोट, तारकेश्वरकी सन्ध्या पाण्डेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सिस्नेका रेवत बुढाथोकीलाई सामान्य प्रशासन मन्त्रालयको बरन्डा, र रणजित यादवलाई भूमि व्यवस्था मन्त्रालय पठाइएको छ। त्यस्तै, महेश श्रेष्ठ, रामप्रसाद घिमिरे, चेतनारायण कँडेल लगायतलाई सामान्य प्रशासनको अतिरिक्त समूहमा राखिएको छ। यादव आचार्यलाई निर्वाचन आयोग, सूर्य विश्वकर्मालाई भूमि मन्त्रालय, नवीन गङतानलाई सामान्यको कौसीमा, र यादव राउतलाई सन्दुकपुरबाट सामान्य प्रशासनमै थुपारिएको छ। सरोज रेग्मीलाई लोकसेवा आयोगमा खटाइएको छ।