Redirecting...

बिजुलीको बक्यौता विवादः शिवम् सिमेन्टले पनि तिर्यो पहिलो किस्ताबापत २ करोड ३८ लाख, उद्योगमा जोडियो लाइन - arthasarokar.com

बिजुलीको बक्यौता विवादः शिवम् सिमेन्टले पनि तिर्यो पहिलो किस्ताबापत २ करोड ३८ लाख, उद्योगमा जोडियो लाइन - arthasarokar.com
Source: aths

काठमाडौँ । शिवम् सिमेन्टले पनि नेपाल विद्युत प्राधिकरणलाई तिर्न बाँकी बक्यौताको पहिलो किस्ता बापतको रकम तिरेको छ । किस्ता नतिरेसम्म लाइन नजोड्ने अडानबाट कुलमान पछि नहटेपछि कम्पनीले प्राधिकरणलाई धरौटिबापत पहिलो किस्ताबराबरको रकम तिरेको हो । पहिलो किस्ता बापतको रकम तिरेपछि विद्युत प्राधिकरणले कार्तिक ४ गते उद्योगमा काटेको लाइन पुनः जडान गरेको छ । प्राधिकरणका अनुसार २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग गरेबापत शिवम् सिमेन्टले ६६ करोड ८९ लाख रुपैयाँ बक्यौता तिर्न बाँकी छ । जुन बक्यौता तिर्न प्राधिकरणले उद्योगहरुलाई २८ किस्ताको सुविधा दिएको थियो । २८ मध्येको पहिलो किस्ता बापत कम्पनीले प्राधिकरणलाई २ करोड ३८ लाख रुपैयाँ तिरेको प्राधिकरणले जनाएको छ । बक्यौताको पहिलो किस्ताबापतको रकम तिरेपछि उद्योगमा लाइन जोडिएको छ ।