लक्ष्मण-कल्पनाको ‘उडी पुतली’ - ehimalayatimes.com
Source: hmlt
काठमाडौं । नेपाली संगीतप्रेमीहरूका लागि लोकप्रिय जोडी लक्ष्मण पौडेल र कल्पना देवकोटाको नयाँ गीत ‘उडी पुतली’ सार्वजनिक भएको छ । यो गीतमा शब्द र संगीत लक्ष्मण पौडेलकै छन् भने गायनमा कल्पना देवकोटाले साथ दिनुभएको छ । गीतको भिडियोमा सागर लम्साल ‘बले’ र आश्मा विश्वकर्माको नृत्य छ । यससँगै अमृत लगुनले ¥याप आवाज प्रदान गर्नुभएको छ भने संगीत संयोजन सहस शाक्यले गर्नुभएको हो । भिडियो कार्टुन्ज क्रुका सरोज अधिकारीको निर्देशनमा तयार भएको छ र यो डान्सिङ ट्रयाक शैलीमा निर्माण गरिएको छ । लोकसंगीतलाई हिपहपसँग जोडेर लक्ष्मणले गीतमा नयाँ स्वाद पस्निुभएको छ । गीतको भिडियो लक्ष्मण-कल्पना युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । सांगीतिक जोडी लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आउनुभएको छ र यस गीतको कम्पोज पनि अमेरिकामै गरिएको हो ।