नेपाल स्रष्टा समाजद्वारा दुई साहित्यकार सम्मानित - sahityapost.com
काठमाडौँ । नेपाल स्रष्टा समाजले आफ्नो स्थापना दिवसको अवसर पारेर कवि प्रल्हाद पोखरेल र युवा साहित्यकार अनिता पन्थीलाई सम्मान गर्ने घोषणा गरेको छ। समाजले कवि प्रल्हाद पोखरेललाई २१ हजार एक सय ११ रुपैयाँ नगदसहितको ‘सुभद्रा–विश्वराज सम्मान–२०८२’ प्रदान गर्ने निर्णय गरेको छ भने युवा साहित्यकार अनिता पन्थीलाई १५ हजार एक सय रुपैयाँ नगदसहितको प्रसिद्ध ‘कडेल युवा स्रष्टा सम्मान–२०८२’ प्रदान गर्ने भएको छ। यी सम्मानहरू समाजको १९औं स्थापना दिवसको अवसर पारेर आगामी पौष १६ गते समारोहमा समर्पण गरिने अध्यक्ष श्री ओम श्रेष्ठ ‘रोदन’ले जानकारी दिनुभएको छ। कवि प्रल्हाद पोखरेलले झण्डै डेढ दर्जन कवितासङ्ग्रह, खण्डकाव्य र दुई दर्जनभन्दा बढी विभिन्न कृति तथा पत्रिकाहरूको सम्पादन गरी नेपाली साहित्यमा विशेष योगदान पुर्याइसक्नु भएको छ। समाजले यही योगदानको कदर गर्दै उहाँलाई सम्मान गर्न लागिएको हो। त्यसैगरी लमजुङकी युवा स्रष्टा अनिता पन्थी हालको पुस्तामा शसक्त नारी हस्ताक्षरको रूपमा अगाडि आउनुभएकाे छ। उपन्यास अनायोजिता सहित समीक्षा, नियात्रा र अन्य विभिन्न विधामा उहाँका कलम सक्रिय छन्। उहाँको साहित्यिक क्रियाशीलताको कदर गर्दै उहाँलाई युवा साहित्यकारको रूपमा सम्मान गर्न लागिएको हो। नेपाल स्रष्टा समाजको यो कदमले नेपाली साहित्यका विभिन्न पुस्ता र विधामा योगदान पुर्याउने स्रष्टाहरूलाई प्रोत्साहन गर्ने विश्वास गरिएको छ। The post नेपाल स्रष्टा समाजद्वारा दुई साहित्यकार सम्मानित appeared first on साहित्यपोस्ट.