राजनीतिक जागरणको संघारमा नेपाल - annapurnapost.com
Source: anna
विचार सधैं एकनास रहँदैन, जसरी समय परिवर्तन भइरहन्छ। यसैले, विचारको रूप पनि हमेशा एकै हुँदैन। समयको गतिसँगै प्राप्त हुँदै जाने ज्ञान, अनुभव, अनुभूति आदिले मस्तिष्कको क्षितिज चौडा हुँदै जाँदा विचार परिपक्व, परिस्कृत र स्पष्ट बन्दै जान्छ। नेपालमा आज राजनीति गर्ने र राजनीतिभन्दा पर बस्ने हरेकको मस्तिष्कमा उद्वेलित विचारका लहरहरूले त्यही परिपक्वता, परिष्कृतता र स्पष्टतासम्म पुग्…