Redirecting...

क्यामेलका लिथियम आयोन ब्याट्री नेपाल भित्र्याउँदै सत्यदिप इन्टरनेसनल - www.meroauto.com

क्यामेलका लिथियम आयोन ब्याट्री नेपाल भित्र्याउँदै सत्यदिप इन्टरनेसनल - www.meroauto.com
Source: meau

काठमाडौं । नेपालमा लामो समयदेखि अटोमोटिभ पार्ट्स व्यवसायमा संलग्न सत्यदिप इन्टरनेसनल अब लिथियम आयोन ब्याट्री र एड्भान्स्ड इनर्जी स्टोरेज सोलुसन सेक्टरमा समेत प्रवेश गर्ने भएको छ । कम्पनीले एसियाकै सबैभन्दा ठूलो र विश्वसनिय ब्याट्री निर्माता क्यामेल ग्रुपसँग सहकार्य गर्दै नेपालमा ‘क्यामेल’ ब्राण्डका लिथियम आयन ब्याट्री ल्याउने भएको हो । नेपालमा पनि मोबिलिटी र पावर इन्डष्ट्रितिरको तीव्र रुपान्तरणलाई ध्यानमा राखेर नेपाली बजारमा समेत विश्व स्तरीय लिथियम प्रविधि उपलब्ध गराउन प्रतिबद्ध रहेको कम्पनीले बताएको छ । क्यामेल ब्राण्डका दुईपाँग्रे, तीनपाँग्रे र ई-रिक्साका लागि उपयोगी लिथियम आयोन ब्याट्री उपलब्ध हुनेछन् । यी ब्याट्री दुईपाँग्रे इलेक्ट्रीक मोटरसाइकल वा स्कुटर, तीनपाँग्रे अटोरिक्सा, प्यासेन्जर ई-रिक्सा र कार्गो वा डेलिभरी भेइकलको रूपमा परिचित लोडरहरुमा प्रयोग गर्न सकिने छ । यी ब्याट्री दीर्घकालीन रूपमा टिकाउ छन् भने एड्भान्स्ड बीएमएस सहित बढी सुरक्षित छन् । नेपालको हावापानी अनुसार यी ब्याट्रीको पर्फमेन्स निकै नै राम्रो हुने कम्पनीको भनाइ छ । त्यसैगरी होम यूपीएस र इन्भर्टर सिस्टमका लागि उपयोगी लिथियम आयोन ब्याट्री पनि उपलब्ध हुनेछन् । यी ब्याट्री रेसिडेन्सियल यूपीएस, होम इन्भर्टर र सोलार हाइब्रिड सिस्टमका लागि डिजाइन गरिएका छन् । यी ब्याट्री लिड एसिड ब्याट्री भन्दा पाँच गुणा टिकाउ हुन्छन् भने छिटो चार्ज हुने, उच्च प्रयोग क्षमताका साथै कम्प्याक्ट र मेन्टिनेन्स-फ्री समेत छन् । यी बाहेक कम्पनीले कमर्सियल र इन्डष्ट्रियल स्टोरेजका लागि समेत उपयोगी कम्प्लिट सोलुसन विकास गरिरहेको छ । यी ब्याट्री साना वा ठूला उद्योग देखि सोलार इनर्जी स्टोरेज, टेलिकम टावर र डाटा सेन्टर तथा क्रिटिकल ब्याकअपमा समेत प्रयोग गर्न सकिन्छ । क्यामेल ग्रुप कम्पनी लिमिटेड सन् १९८० मा स्थापना भएको हो । चीनको हुवेई प्रान्तको जियाङयाङमा यसको हेडक्वाटर रहेको छ । कम्पनी लिड-एसिड ब्याट्री, पावर लिथियम-आयोन ब्याट्री, इनर्जी स्टोरेज सिस्टम र वेस्ट ब्याट्री रिसाइक्लिङ वा ग्रिन म्यानुफ्याक्चरिङको विशेषज्ञ मानिन्छ । त्यसैगरी सन् २०२२ मा स्थापना भएको क्यामेलको सहायक कम्पनी युलेक्ट्रीक टेक्नोलोजी एड्भान्स्ड होम इनर्जी स्टोरेज सिस्टम र स्मार्ट लिथियम ब्याट्री टेक्नोलोजी लगायतमा केन्द्रित छ । ४० वर्ष भन्दा लामो समयको अनुभवका साथ क्यामेलले विश्व स्तरको गुणस्तर, प्रविधि र उत्पादन सक्षमता सुनिश्चित गर्छ । The post क्यामेलका लिथियम आयोन ब्याट्री नेपाल भित्र्याउँदै सत्यदिप इन्टरनेसनल appeared first on Meroauto.