बराहक्षेत्रमा कात्तिक पूर्णिमा मेला सुरु - annapurnapost.com
Source: anna
सुनसरी : सुनसरीको ऐतिहासिक एवं धार्मिक पर्यटकीय स्थल बराहक्षेत्र मन्दिर परिसरमा आजदेखि कात्तिक पूर्णिमा मेला सुरु भएको छ। हरेक वर्ष कात्तिकको ठुली एकादशीदेखि सुरु हुने यो मेला १५ दिनसम्म लाग्ने गर्दछ। मेलामा देशभरिका साथै भारतका विभिन्न स्थानबाट आएका भक्तजनको ठूलो भीड लाग्ने गर्दछ। बराहक्षेत्र मन्दिर पवित्र सप्तकोसी र कौसिकी नदीको संगमस्थलमा अवस्थ…