मेधाश्री विद्यालयको नाटक ‘यशस्वी भव:’ काठमाडौँमा नियमित मञ्चन - sahityapost.com
काठमाडौँ । मेधाश्री विद्यालयद्वारा प्रस्तुत नाटक ‘यशस्वी भव:’ काठमाडौँमा नियमित रूपमा मञ्चन भइरहेको छ। मंसिर २३ गतेदेखि थापागाउँस्थित कुञ्ज नाटकघर शिल्पशाला—नयाँ बानेश्वरमा सुरु भएको नाटक मंसिर २८ गतेसम्म सञ्चालन हुनेछ। नाटक प्रत्येक दिन बिहान ११:०० बजे र दिउँसो २:०० बजे गरी दुई शोमा प्रस्तुत भइरहेको छ। समाजिक दायित्व, नैतिक शिक्षा र तीन पुस्ताबीच देखिने मूल्य–दृष्टिकोणको अन्तरलाई कथाको केन्द्रमा राखिएको ‘यशस्वी भव:’ ले आधुनिक समाजमा देखिँदै आएको व्यवहारगत परिवर्तनमाथि गम्भीर प्रश्न उठाएको छ। नाटकले २१औँ शताब्दीका मानिस भावनाशून्य भएर शिक्षित भएका हुन् कि शिक्षित हुँदै भावनाशून्य बन्दै गएका हुन् भन्ने बहसलाई दर्शकमाझ प्रस्तुत गर्छ। रङ्गकर्मी तथा नाटककार राम के.ए.सी.को लेखन तथा निर्देशनमा तयार भएको नाटकमा किरण चापागाईंको सहनिर्देशन रहेको छ। सद्भाव थिएटर नेपालको ‘शिक्षाका लागि रङ्गमञ्च’ अभियान अन्तर्गत मेधाश्री विद्यालयसँगको सहकार्यमा नाटक निर्माण गरिएको हो। नाटकमा कृषा बागदास, शोभी तामाङ, प्रकृत खड्का, रियाज पराजुली, स्मारिका विश्वकर्मा, अव्यक्त राजवाहक, सदिक्षा तामाङ, कृतिका चौधरी, रियान बस्नेत, जयश्री खड्गी, अनुष्का निरौला, दिव्यांशा ताम्राकार र बिप्रीना शाहीले अभिनय गर्नुभएकाे छ । अभिभावक र बालबालिकाले सँगै हेर्न उपयुक्त मानिएको यस नाटकको टिकट दर रु. तीन सय र रु. पाँच सय तोकिएको छ। The post मेधाश्री विद्यालयको नाटक ‘यशस्वी भव:’ काठमाडौँमा नियमित मञ्चन appeared first on साहित्यपोस्ट.