नयाँ नेतृत्वबारे के भन्छन् एमाले नेताहरू ? - farakdhar.com
Source: FRDH
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले साङ्गठनिक जीवनमा पार्टीभित्र हुने आन्तरिक प्रतिस्पर्धालाई स्वाभाविक रूपमा लिनुपर्ने बताएका छन् । त्यस्तै नेता पृथ्वीसुब्बा गुरुङले आगामी नेतृत्व चयनमा सहमतिको ढोका बन्द भइसकेको भन्दै आगामी नेतृत्वमा ओली नै दोहोरिने दाबी गरे । काठमाडौंमा एमालेको ११औं महाधिवेशन जारी छ । मंगलबार नयाँ नेतृत्वको लागि मतदान हुनेछ ।