काठमाडौंका तत्कालीन सीडीओ रिजालमाथि भ्रष्टाचार आरोपमा अनुसन्धान सुरु - farakdhar.com
Source: FRDH
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन काठमाडौंको प्रमुख जिल्ला अधिकारी छवि रिजालमाथि भ्रष्टाचारको आरोपमा अनुसन्धान सुरु गरेको छ । गृह मन्त्रालयको प्रशासन महाशाखाको प्रमुख रहेको समयमा तत्कालीन गृहमन्त्री रमेश लेखकसँगको पालामा उनले कर्मचारीहरूलाई अध्यागमन एवं आकर्षक कार्यालयहरूमा पठाउँदा ‘पेशागत आचरण विपरीत काम गरेको’ आरोप अख्तियारले अनुसन्धान सुरु गरेको हो । अख्तियारले विशेष अदालतमा पठाएको विवरणमा गृहमन्त्रालयका तत्कालीन प्रशासन महाशाखा प्रमुख रिजालमाथि भ्रष्टाचारको आरोपमा अनुसन्धान भइरहेको उल्लेख छ ...