३१.१२ अंकले बढ्यो नेप्से, ४ कम्पनीमा पोजेटिभ सर्किट - arthasarokar.com
Source: aths
काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आइतबार नेप्से परिसूचक ३१.१२ अंकले बढेर २६७२.५५ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३३८ कम्पनीको १ करोड ६६ लाख ११ हजार ४७९ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ८ अर्ब ४० करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार मञ्जुश्री फाइनान्स लिमिटेडको भएको छ । यस कम्पनीको ५३ करोड १६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आजको बजारमा सागर डिष्टिलरीका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आइतबार सागरसहित ४ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यता, थ्रीस्टार हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशतभन्दा धेरैले घटेको छ ।