बाढीपहिरोपीडितलाई अस्थायी आवासका लागि अनुदान दिने सरकारको निर्णय - www.bbc.com
सरकारले यही असोज १७ गतेदेखि १९ गतेसम्मको बाढीपहिरोका कारण घरबास गुमाएकाहरूलाई तत्काल अस्थायी आवास बनाउन अनुदान दिने निर्णय गरेको छ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को सिंहदरबारमा भएको १९ औँ बैठकले यस्तो निर्णय गरेको प्राधिकरणकी प्रवक्ता शान्ति महतले बीबीसीलाई बताइन्।"विपद्मा घरबास गुमाएका परिवारहरूका लागि अस्थायी आवास निर्माण गर्न स्थानीय तहको समन्वयमा यथाशीघ्र लाभग्राही पहिचान गरी पठाउन जिल्ला विपद् व्यवस्थापन समितिलाई निर्देशन दिने निर्णय भएको छ," महतले भनिन्।"लाभग्राही पहिचान भई आए पश्चात् अस्थायी आवास निर्माण अनुदान सम्बन्धी मापदण्ड, २०८१ बमोजिमको अनुदान रकमको पहिलो किस्ता तत्काल उपलब्ध गराउन प्राधिकरणलाई निर्देशन दिइएको छ।"उक्त मापदण्ड अनुसार लाभग्राही पहिचान भइसकेपछि पहिलो किस्तामा २५,००० रुपैयाँ र त्यसपछि स्थानीय तहले बाँकी किस्ता दिन उपयुक्त छ भनेर सिफारिस गरेपछि अन्तिम किस्तामा २५ हजार दिने उल्लेख छ। ठूलो पानी पार्ने प्रणाली हट्यो तर ठाउँठाउँमा सडक अवरोध कायमै, कहाँ कस्तो अवस्था छअविरल वर्षाका कारण पश्चिम बङ्गाल र सिक्किममा क्षति, दार्जिलिङ क्षेत्रमा २३ जनाको मृत्यु यो बाहेक परिषद्ले तीनै तहका सरकारहरूले दिने राहतलाई दोहोरो नपर्ने गरी समन्वय गरेर स्थानीय तहमार्फत प्रदान गर्ने निर्णय पनि भएको प्राधिकरणले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।विपद्पछि विभिन्न रोगका प्रकोप फैलिनसक्ने भन्दै जनस्वास्थ्यविद्हरूले चेतावनी दिइरहेका सन्दर्भमास्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सम्भाव्य जोखिमयुक्त स्थानहरूमा जनचेतना, स्वास्थ्य शिविर मनोसामाजिक परामर्श लगायतका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता महतले बताइन्।त्यसबाहेक बेपत्ताहरूको खोजी र राहतका कामलाई निरन्तरता दिन गृहमन्त्रालय र सबै सुरक्षा निकायलाई निर्देशन दिने निर्णय गरिएको प्राधिकरणले जनाएको छ।क्षतिको विवरणअसोज १७ गतेदेखि असोज २० गतेसम्म भएको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा ५१ जनाको मृत्यु भएको विवरण प्राधिकरणले सार्वजनिक गरेको छ।विवरणहरूमा जनाइए अनुसार यसपालिको वर्षाले सबैभन्दा धेरै मानवीय क्षति गराएको इलाम जिल्लामा पहिरोमा परी ३९ जनाको मृत्यु भएको र पाँचथर र काभ्रेमा १-१ जनाको मृत्यु भएको छ। त्यस्तै बाढीमा परी पाँचथर, खोटाङ, मोरङ, सुनसरी, उदयपुर, धनुषा र रौतहटमा गरी १० जनाको ज्यान गएको छ। अचानक मौसम बिग्रँदा सगरमाथाको तिब्बततर्फको क्षेत्रमा फसे सयौँ पर्यटक, उद्धारकार्य जारीपहिरो, बाढी र चट्याङका कारण देशभरि दर्जनौँ मानिसको मृत्यु, कहाँको अवस्था के छ? त्यसबाहेक रौतहटमा चट्याङका कारण दुई जनाको ज्यान गएको विवरणमा उल्लेख छ।बाढी र पहिरोमा परी रसुवा, भोजपुर र इलाममा अझै ६ जना बेपत्ता रहेको प्राधिकरणले जनाएको हो।इलाम, पाँचथर, ललितपुर, धनकुटा र काभ्रेमा पहिरोमा परी ३३ जना घाइते भएका र भोजपुर, खोटाङ, उदयपुर, मकवानपुर, ताप्लेजुङ, धनकुटा, सुनसरी, ओखलढुङ्गा, पाँचथर र बारामा चट्याङ पर्दा १४ जना घाइते भएका प्राधिकरणले जनाएको हो।सरकारले इलाम र झापाबाट अहिलेसम्म हेलिकोप्टरबाट १८ जनाको उद्धार गरिसकेको जनाएको छ।इलामको माङसेबुङ गाउँपालिकामा पहिरोमा फसेकी एक जना गर्भवतीसहित झापाको बाढी र डुबानमा परेका १६ जनालाई उद्धार गरिएको प्राधिकरणले वेबसाइटमा उल्लेख गरेको छ।यो वर्ष वैशाख १ गतेदेखि बाढी पहिरो, चट्याङ, सर्प दंश, आगलागीलगायतका विभिन्न विपद्का ४१६४ प्रमुख घटनामा ३०८ जनाको ज्यान गइसकेको, ३३ जना बेपत्ता रहेको र १,११३ जना घाइते अनि ८५९५ परिवार प्रभावित रहेको प्राधिकरणले जनाएको छ।विपद्का बेला सरकारको भूमिकाबाढी पहिरो र चट्याङका कारण बर्सेनि ठूलो मानवीय र भौतिक क्षति हुने गर्छ।प्रत्येक वर्ष विपद्ले निम्त्याउने क्षति न्यूनीकरणका लागि पूर्व तयारीका कामहरू भएको बताइए पनि क्षति कम गर्न नसकेको भन्दै आलोचना हुने गरेका छन्।अहिले कतिपयले सामाजिक सञ्जालमा सरकारको सक्रियता राम्रो देखिएको बताएका छन् भने कतिपयले 'फोटो खिचाउने काम गरेको' भनी टिप्पणी गरेको पनि देखिन्छ।विगतमा विपद्का बेला सरकारमा रहेका मन्त्री र सचिवले सरकारले अहिले गरिरहेको कामलाई कसरी हेरेका छन्?पूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद्का बेला अन्तरिम सरकारले गरेको पहल सकारात्मक देखिएको बताउँदै केही सुझावहरू दिएका छन्।"विपद्का बेला पूरै नकारात्मक परिणामलाई जोगाउन सक्ने स्थिति सधैँ हुँदैन तर अहिले जति हदसम्म प्रयत्न गर्नुपर्थ्यो त्यो गरेकै देखिन्छ। अबचाहिँ कोही पनि मानिसहरू गाँसबास बिना र खाना बिना बस्नु नपरोस् भन्ने प्राथमिकता सरकारले दिनुपर्यो," उनले भने।"अलि बढी प्रभावित क्षेत्रमा पुनर्स्थापना योजना बनाइहाल्नुपर्यो। हाम्रो पुनर्स्थापनाको अस्थायी र दीर्घकालीन योजना र कार्यान्वयन भएको त्यति राम्रो अनुभव छैन।"उनले आफू गृहमन्त्री भएका बेला पुनर्स्थापनाबारे कार्यविधिमाथि काम गर्दै गरेको भए पनि त्यसले पूर्णता पाउन नसकेको भन्दै त्यसमाथि काम गर्न अहिलेको अन्तरिम सरकारलाई सुझाव दिए।"पुनर्स्थापनाका लागि हाम्रो संयन्त्र एकदमै कमजोर छ। विपद्का लागि संयन्त्रले तत्कालै काम गर्ने बनाउनुपर्छ। हामीले जुन कार्यविधिमा काम गरेका थियौँ त्यो पूरा हुनसकेन। त्यही मस्यौदा हेरेर नयाँ ढङ्गले अगाडि बढाउनुपर्छ।" बाढी र पहिरोबाट बच्न कस्ता कुरामा ध्यान दिनुपर्छ? 'अविरल वर्षा गराउने प्रणाली आइतवार बिहानबाट पूर्व सर्ने र सोमवारबाट मत्थर हुने', त्यतिञ्जेल अत्यन्त सतर्क रहन आग्रह त्यस्तै पूर्व गृह सचिव उमेश मैनालीले सरकारले पूर्वक्रियाशील रहेर काम गरेको कारण विगतभन्दा राम्रो प्रतिक्रिया आएको देखिएको टिप्पणी गरेका छन्।यो वर्ष खासगरी मौसम विज्ञान पूर्वानुमान विभागले समयमै भारी पानी पर्ने भन्दै सचेत गराएका कारण तयारी राम्रो रहेको, ठूलो राजनीतिक परिवर्तनपछिको दबाबमा रहेको सरकारलाई काम गरेर देखाउनुपर्ने अवस्थाका कारण सरकारको पूर्व तयारी र उद्धार ठिक देखिएको भन्दै प्रशंसा गर्नुपर्ने उनले बताए।"नेपालको मुख्य समस्या भनेको पूर्व तयारीको थियो। राहत र उद्धारमा त प्रहरी र सेनाले जहिले पनि राम्रो गर्थे। दैवी प्रकोपको सन्दर्भमा 'सर्भिङ बियोन्ड प्रेटिक्टेबल' भनिन्छ, कल्पना नगरेको अवस्था आए पनि त्यो थाम्न सक्ने संयन्त्र बनाएर बस्नुपर्छ। अब सरकार त्यतातिर लाग्नुपर्छ," उनले भने।अहिले सरकारले गरिरहेको काम आलोचना गर्नुपर्ने खालको नभए पनि आवश्यकता पर्दा पनि हेलिकप्टर नचढ्ने प्रवृत्ति उचित नहुने मैनालीले बताए।खासगरी पूर्वी भेगमा बाढी र पहिरोले ठूलो क्षति भइरहँदा मौसमको प्रतिकूलताका कारण विमान नचलेपछि मन्त्रीहरूले हेलिकप्टरको प्रयोग नगरेको भन्ने जुन विवरण आयो त्यस्तो कुरा ठिक नभएको उनले बताए।"त्यो बेलामा उहाँहरूले हेलिकप्टर प्रयोग गर्नुपर्थ्यो तर देखासिकीको कारणले हेलिकप्टर चढ्यो भन्छन् भनेर चढ्नुभएन। आवश्यकता अनुसार त्यो पनि चढ्नुपर्छ। त्यसरी लोकप्रियतावादमा पनि लाग्नुहुँदैन," उनले भने।"अरू उपाय छैन भने त जुनसुकै उपाय पनि त गर्नुपर्यो नि।"त्यसबाहेक विपद्का बेला सार्वजनिक पदाधिकारीहरू लोकप्रियताका लागि फोटो खिचाउने, सञ्चारमाध्यममा जाने जस्ता कार्यहरू बरु ठिक नभएको उनले बताए।सडकको अवस्था कहाँ कस्तो छ?नेपाल प्रहरीले मुख्य राजमार्ग अवरोधबारे मङ्गलवार सार्वजनिक गरेको विवरण अनुसार कोशी र वाग्मती प्रदेशका १३ स्थानका सडकहरूमध्ये ९ वटा पूर्ण रूपमा अवरुद्ध छन् भने ४ वटा एकतर्फी रूपमा सञ्चालनमा छन्।प्रहरीको विवरण अनुसार काठमाण्डू उपत्यकाको ललितपुरको कान्ति राजपथमा पर्ने तिनपाने र टिकाभैरवकोबीचमा पहिरो गएर सडक पूर्ण रूपमा अवरुद्ध छ।त्यस्तै कोशी प्रदेशअन्तर्गत कोशी राजमार्गमा पर्ने सङ्खुवासभाका वरुण खोला र एकुवा सडक पूर्ण रूपमा अवरुद्ध छन्। त्यस्तै इलाम र भोजपुरका राजदुवाली र श्रीदलीमा पर्ने मेची राजमार्ग र मध्य पहाडी राजमार्गमा पनि बाटो पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।कोशी प्रदेशको धनकुटा जिल्लामा पर्ने पाख्रीवासस्थित दिकुरे र चनौटे, घण्टे र सिमसुवा गरी तीन ठाउँमा बाटो एकतर्फी रूपमा सञ्चालनमा रहेका छन्।वाग्मती प्रदेशमा भने रसुवा जिल्लाको गोसाईंकुण्ड गाउँपालिका २ र ५ मा पर्ने पासाङ ल्हामु सडक खण्डका विभिन्न स्थानमा पूर्ण रूपमा अवरोध रहेको प्रहरीले जनाएको छ।त्यस्तै काभ्रेपलाञ्चकोकस्थित बिपी राजमार्गमा पर्ने काभ्रे रोशी गाउँपालिकाका विभिन्न स्थानमा पहिरोका कारण र सिन्धुलीको नेपालथोकमा बाटो पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीको विवरणमा उल्लेख छ।मकवानपुरमा पर्ने कान्ति राजपथ सडक अन्तर्गतको वगुवा खोला र घट्टेपाखामा अविरल वर्षा र पहिरोका कारण एकतर्फी मात्रै बाटो सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।विभिन्न स्थानमा सडकहरू अवरुद्ध भएपछि दशैँमा घर गएका मानिसहरूलाई आवतजावत गर्नै समस्या भइरहेको बताइन्छ। बाढी आउँदा के गर्ने, के नगर्ने?राजमार्ग पटकपटक अवरुद्ध, यात्रुको राहतका लागि तात्कालिक र दीर्घकालीन उपाय यस्ता बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।