Redirecting...

खजुरीको पफ बजारबाट फिर्ता लिन खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको निर्देशन - www.onlinepana.com

खजुरीको पफ बजारबाट फिर्ता लिन खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको निर्देशन - www.onlinepana.com
Source: onpa

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खजुरीको नेपाल प्रालिले उत्पादन गरेको ‘पफ’ बजारबाट तत्काल फिर्ता लिन निर्देशन दिएको छ । विभागले बजार अनुगमन क्रममा संकलन गरेका पफका नमुनालाई प्रयोगशालामा परीक्षण गर्दा त्यसमा मानव स्वास्थ्यका लागि हानिकारक मानिने ‘औद्योगिक ट्रान्स फ्याट’ को मात्रा तोकिएको अधिकतम सीमाभन्दा बढी भेटिएपछि बजारबाट तत्काल फिर्ता लिन निर्देशन दिएको हो । परीक्षणका क्रममा खाद्य पदार्थमा ट्रान्स फ्याटको मात्रा २ प्रतिशतभन्दा बढी रहेको पाइएपछि विभागले उक्त उत्पादनलाई ‘न्यूनस्तरको खाद्य पदार्थ’ ठहर गरेको छ । The post खजुरीको पफ बजारबाट फिर्ता लिन खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको निर्देशन appeared first on Nepal'S Largest Digital Online Newspaper (Magazine).