Redirecting...

महान्यायाधिवक्ता भण्डारी ट्रान्सपरेन्सी इन्टरनेसनलबाट निलम्बित - www.onlinepana.com

महान्यायाधिवक्ता भण्डारी ट्रान्सपरेन्सी इन्टरनेसनलबाट निलम्बित - www.onlinepana.com
Source: onpa

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल, नेपालले महान्यायाधिवक्ता सबिता भण्डारी बराललाई साधारण सदस्यबाट निलम्बन गरेको छ । सार्वजनिक पदमा नियुक्त भएपछि र त्यससँग सम्बन्धित केही विवादहरू सार्वजनिक रूपमा उठेपछि संस्थाको कार्यसमितिले यो निर्णय लिएको जनाएको छ। ट्रान्सपरेन्सी स्रोतले भन्यो, “उहाँ महान्यायाधिवक्ता भएपछि विवादमा पनि तानिनुभयो । राजीनामा पनि दिनुभएन । त्यसैले हामी हटाउन बाध्य भयौँ । उहाँको नाम वेबसाइटबाट पनि हटाइएको छ ।” महान्यायाधिवक्ता भएपछि भण्डारीले पदमा रहँदासम्म सदस्यता स्थगनका लागि निवेदन पनि दिएकी थिइन् । तर, भण्डारी विवादमा तानिएपछि ट्रान्सपरेन्सीले उनलाई राजीनामा दिन आग्रह गरेको थियो । विश्वव्यापी रूपमा भ्रष्टाचारको निगरानी तथा त्यसविरुद्ध वकालत गर्दै आएको ट्रान्सपरेन्सी इन्टरनेशनलको नेपाल च्याप्टरका रूपमा टीआई नेपाल सक्रिय छ। वरिष्ठ अधिवक्ता समेत रहेकी सविता भण्डारी बराल उक्त संस्थाकी साधारण सदस्य हुन् भने यसअघि पटक–पटक कार्यसमितिमा समेत निर्वाचित भइसकेकी थिइन्। The post महान्यायाधिवक्ता भण्डारी ट्रान्सपरेन्सी इन्टरनेसनलबाट निलम्बित appeared first on Nepal'S Largest Digital Online Newspaper (Magazine).