रविन र प्रतिभा सर्वाेत्कृष्ट - www.hamrokhelkud.com
सिड्नी (हाम्रो खेलकुद) – म्याग्दी प्रवासी नेपाली संघ (मोना) का रविन चन्द ठकुरी र म्याग्दी काली युनाइटेडकी प्रतिभा माली छैटौं ढोरपाटन रनिङ कप पुरुष तथा महिला भलिबल प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । प्रतिभा र रविनले आ–आफ्नो टोलीलाई च्याम्पियन बनाउन उच्च प्रदर्शन गरेका थिए । सर्वाेत्कृष्ट बनेका प्रतिभा र रविनले समान १ सय अस्ट्रेलियन डलर, ट्रफी र प्रमाणपत्रसँगै प्रायोजक योलोबाट गिफ्ट ह्याम्पर प्राप्त गरे । अध्ययनको शिलशिलामा प्रतिभा पछिल्लो एकवर्षयता अस्ट्रेलियामै रहेका छन् । उनी गत वर्ष भएको पाँचौं संस्करणमा पनि सर्वाेत्कृष्ट बनेकी थिइन् । उनले गत वर्ष नै चोटबाट पुनरागमन गरेकी थिइन् । रविन पनि पछिल्लो केही समययता अस्ट्रेलियामै रहेका छन् । यस्तै पुरुषतर्फ छन्त्यालका पहल गहतराज उत्कृष्ट स्पाइकर, मोनाका शेररु रोका मगर ब्लकर, मोनाका बिशाल कार्की सेटर, छन्त्यालका रेशम छन्त्याल सर्भर, छन्त्यालका गणेश छन्त्याल उत्कृष्ट लिवेरो र मोनाका गोपाल पुनः उत्कृष्ट प्रशिक्षक चुनिए । महिलामा जलजलाकी कविता भट् उत्कृष्ट स्पाइकर, म्याग्दी कालीकी मिया पुन सेटर, जलजलाकी गीता जुग्जाली सर्भर र म्याग्दी कालीकी सरस्वती चौधरी उत्कृष्ट प्रशिक्षक चुनिइन् । उनीहरुले ट्रफी र प्रमाणपत्र प्राप्त गरे । रनिङ कपमा पुरुषतर्फ १० र महिलामा ५ टोलीको सहभागिता रहेको थियो । आइतवार भएको फाइनलमा पुरुषतर्फ मोनाले छन्त्याल परिवार अस्ट्रेलियालाई तथा महिलामा म्याग्दी काली युनाइटेडले म्याग्दी जलजला परिवारलाई पराजित गर्दै उपाधि जित्न सफल भएको छ । उपाधिसँगै मोनाले २ हजार ८ सय अस्ट्रेलियन डलरसँगै कप मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो भएको छन्त्यालले १ हजार ८ सय अस्ट्रेलियन डलरसँगै कप मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । महिलातर्फको विजेता म्याग्दी कालीले १ हजार ३ सय अस्ट्रेलियन डलरसँगै कप मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो भएको जलजलाले ७ सय ५० अस्ट्रेलियन डलरसँगै कप मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । छैटौं ढोरपाटन कपका उत्कृष्टहरुसर्वाेत्कृष्ट – रविन चन्द (मोना) र प्रतिभा माली (म्याग्दी काली)स्पाइकर – पहल गहतराज (छन्त्याल) र कविता भट्ट (जलजला)सेटर – बिशाल कार्की (मोना) र मिया पुन (म्याग्दी काली)सर्भर – रेशम छन्त्याल (छन्त्याल) र गीता जुग्जाली (जलजला)ब्लकर – शेरु रोका मगर (मोना)लिवेरो – गणेश छन्त्याल (छन्त्याल)प्रशिक्षक – गोपाल पुन (मोना) र सरस्वती चौधरी (म्याग्दी काली)The post रविन र प्रतिभा सर्वाेत्कृष्ट first appeared on हाम्रो खेलकुद.