Redirecting...

विशेष महाधिवेशनको औचित्य छैन, १५औँ महाधिवेशनमा ध्यान दिनुपर्छ : काँग्रेस नेता साउद - ehimalayatimes.com

विशेष महाधिवेशनको औचित्य छैन, १५औँ महाधिवेशनमा ध्यान दिनुपर्छ : काँग्रेस नेता साउद - ehimalayatimes.com
Source: hmlt

काठमाडाैं । नेपाली काँग्रेसका नेता नारायणप्रकाश साउदले वैशाखमा पार्टीको नियमित महाधिवेशन सम्पन्न गर्ने पार्टीको निर्णय कार्यान्वयन गर्ने जिम्मेवारी पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको रहेको बताउनुभएको छ । महामन्त्रीद्वय थापा र शर्माले विशेष महाधिवेशन गरेर अघि बढ्ने गरी गतिविधिलाई तीव्रतासाथ अघि बढाएपछि संस्थापन पक्षका नेता साउदले कुरा टिप्पणी गर्नुभएको हो । मंगलवार पार्टी मख्यालय सानेपामा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले केन्द्रिय कार्य सम्पादन समिति बैठकले बैशाखमा पार्टीको १५ औ महाधिवेशन गर्ने निर्णय गरेकाले सो निर्णयलाई कार्यान्वयनमा लैजाने मुख्य जिम्मेवारी महामन्त्रीद्वय थापा र शर्माको पनि भएकाले उहाँहरुले सो जिम्मेवारी पूरा गर्ने दायित्वबाट पछि हटन नमिल्ने दाबी समेत गर्नुभयो । नेता साउदले पार्टीको विशेष महाधिवेशनको औचित्य नभएको पनि दोहो¥याउनु भयो । उहाँले भन्नुभयो,‘विशेष अधिवेशनको औचित्य छैन भनेर केन्द्रिय कार्य सम्पादन समितिको बैठकले निर्णय गरिसकेको अवस्था छ । यसको सँगसँगै हामीले १५ औँ महाधिवेशनको कार्यतालिकाको विषयमा पनि केही संशोधन गरेर बैशाखमा गर्ने निर्णय गरिसकेका छौँ । त्यो केन्द्रिय कार्य सम्पादन समितिको निर्णय हो । हाम्रो महामन्त्रीजीहरु पनि जिम्मेवारीमा हुनुहुन्छ । उहाँहरुले आफ्नो जिम्मेवारी अनुकूल केन्द्रिय कार्य सम्पादन समितिको निर्णयलाई कार्यान्वयन गर्ने कार्यभार पूरा गर्नेछन भन्ने विश्वास लिएको छु ।’ नेता साउदले निर्वाचनको तयारीमा जानुपर्ने भएकाले पनि विशेष महाधिवेशनमा जाने कुराको कुनै अर्थ नहुने समेत बताउनु भयो ।