यस्ता छन् सरकारका ३५ निर्णयहरु (सूची) - nagariknews.nagariknetwork.com
सरकारले पछिल्ला दुई मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ।सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गर्दै मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गरेका हुन्।प्रवक्ता खरेलले पुस ११ र २१ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका विभिन्न ३५ वटा निर्णयहरू एकसाथ सार्वजनिक गरेका हुन्।सरकारले अबदेखि प्रत्येक वर्षको पुस १५ गतेलाई ‘राष्ट्रिय च्याउ दिवस’ का रूपमा मनाउने निर्णय गरेको छ। कृषि क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले यो दिवस मनाउने निर्णय गरिएको बताइएको छ।मन्त्रिपरिषद् बैठकले भिसा अवधि सकिएर पनि गैरकानुनी रूपमा नेपालमा बसोबास गर्दै आएका १५ जना विदेशी नागरिकलाई देश निकाला (डिपोर्ट) गर्ने बाटो खुला गरेको छ।भिसा नियमित नगरी बसेका उनीहरूले प्रचलित कानुन अनुसार बुझाउनुपर्ने विलम्ब शुल्क र जरिवाना बापतको दस्तुर मिनाहा गरी नेपालबाट प्रस्थान गराउने निर्णय सरकारले गरेको मन्त्री खरेलले जानकारी दिए।यसैगरी, सरकारले गृह मन्त्रालय र अन्तर्गतका निकायहरूको नयाँ संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने निर्णय पनि गरेको छ। बैठकले विभिन्न आयोजनाहरूका लागि जग्गा प्राप्ति गर्ने लगायतका प्रशासनिक निर्णयहरू समेत गरेको प्रवक्ता खरेलले बताए।हेर्नुहोस् मन्त्रिपरिषद् बैठकका निर्णयहरू 0